१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोको त्रास बढेपछि स्कुलमा बास

खोटाङ– वर्षाका कारण पहिरोको त्रास बढेपछि खोटाङको जालपाका ७ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। घरभन्दा तल र वरपरको जमिन गत वर्ष लच्किएको र जोखिम बढेका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा सावलुङका कर्णबहादुर राई, दानबहादुर राई, जीतबहादुर राई, भीमबहादुर राई, हस्तबहादुर श्रेष्ठ, जालपा कादेलका निरकुमार राई र जालपा छिप्तीका हर्कबहादुर तामाङलाई सुरक्षित स्थानमा सारिएको हो। वर्षाका कारण हुने सम्भावित क्षती न्यूनीकरणका लागि जोखिम म्यापिङ गर्नेक्रममा जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडाध्यक्ष बिकास राईले बताए। 

प्रकोप जोखिम व्यवस्थापनका लागि पुर्वतयारी स्वरुप सर्न भनिएकामध्ये कर्णबहादुर, दानबहादुर, जीतबहादुर र भीमबहादुरको परिवार रातका समयमा स्थानीय राष्ट्रिय आधारभुत बिद्यालयमा बास बस्ने गरेका छन्। यस्तै, कादेलका निरकुमार बालकक्षाको भवनमा तथा छिप्तीका हर्कबहादुर छिमेकीको घरमा आश्रय लिइरहेको वडाध्यक्ष राईले बताए। गत वर्षको वर्षा याममा घरमुनि र वरपरको जमिन चर्किएका कारण यसपल्टको वर्षामा पहिरोको जोखिम बढेकाले विद्यालयसँग समन्वय गरेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो। ‘पहरो गइहालेको होईन, तर म्यापिङ गर्दा उहाँहरु जोखिममा रहेको पायौंँ,’ वडाध्यक्ष राईले भने, ‘उहाँहरु पनि त्रसित भएको पाइएपछि घट्ना घट्नुभन्दा सुरक्षाको उपाय अनपाउन लगाएका हौँ।’ 

जोखिममा रहेकामध्ये निरकुमारको परिवारका लागि थप व्यवस्थापनका लागि प्रहरी परिचालन गरिने वडा कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले पहिरोको जोखिमका कारण सात परिवारका ५१ जनालाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको बताए। 

प्रकाशित: १८ असार २०७५ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App