१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बढ्यो सरुवा रोगको प्रकोप

काठमाडौं – अस्पतालहरुमा सरुवा रोगका बिरामीहरु बढेको राजधानीका अस्पतालहरुले जनाएका छन्। टाइफाइड, स्क्रवटाइफस, जन्डिस, ज्वरो, खोकी, झाडापखालाका बिरामी बढेको अस्पतालले जनाएका छन्। राजधानीका केन्द्रीय अस्पालहरुमा ती बिरामी आइरहेको चिकित्सकहरुले जनाएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, शुक्रराज सरुवा रोग अस्पताल, टेकु र वीर अस्पतालमा यी रोगका बिरामीहरु दैनिक आइरहेका छन्।

वीर अस्पतालको आकस्मिक विभागमा मात्र दैनिक २५ जना सरुवा रोगका बिरामी आइरहेका अस्पतालाले जनाएको छ। प्रभावित हुनेहरुमा पुरानो दम तथा श्वास–प्रश्वासका बिरामीहरु अधिक रहेको आकस्मिक कक्षका डा. न्हुच्छेमान डंगोलले बताए।

तापक्रम बढेसँगै सरुवा रोगका बिरामी बढ्दै गएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको मेडिकल विभागले जनाएको छ। ‘गर्मी बढेसँगै झाडापखाला र ग्याष्ट्रिकका बिरामीको चाप केही बढेको छ,’ त्रिवि शिक्षण अस्पतालका मेडिकल विभाग प्रमुख डा. पे्रम खड्गाले भने । विभागमा दैनिक १० देखि १५ जना सरुवा रोगका बिरामी आइरहेको विभागले जनाएको छ।

शुक्रराज ट्रपिकल वा रोग अस्पतालमा दैनिक २५ जना सरुवा रोगले संक्रमित बिरामी आइरहेका छन्। गर्मीसँगै सुरु भएका यी रोग नसुनपछि बढ्दै गएको चिकित्सकहरुले जनाएका छन्। संक्रमित बिरामीहरुमा खोकी, झाडापखाला, निमोनियाको समस्या बढी हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए। गर्मीसँगै अन्य सरुवा रोगहरुको संक्रमण सुरु भएकोमा दुई सातादेखि यी रोगका संक्रमण थपिएको डा. पुनले बताए। राजधानीका अन्य अस्पतालबाट रेफर भएका स्क्रवटाइफसका बिरामी पनि शुक्रराज सरुवा अस्पतालमा आउने गरेको डा. पुनले बताए। उनको अनुसार स्क्रवटाइफसका बिरामी एक दिन बिराएर आउने गरेका छन्। राजधानीको प्रदूषित वातवरण, दूषित पानी र गमीको मौसमका कारण यी रोगका संक्रमण बढिरहेको डा. पुनले बताए । उनको अनुसार भाइरस र किटाणु दुवैको कारण यी रोगहरुको संक्रमण बढेको हो।

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि गर्मीयाममा विभिन्न सरुवा रोगको संक्रमण फैलिरहेको चिकित्सकहरुले औंल्याएका छन्। मौसम र वातवरणका कारण संक्रमण वृद्धि भएकाले यी रोगहरुको जोखिममा सबै रहेकोले सबैलाई सचेत हुन चिकित्सकले आग्रह गरेको छन्। ‘घरमा कोही संक्रमति छ भने उसको सम्पर्कबाट टाढा बस्नु पर्छ, बाहिर हिँड्नु परे माक्सको प्रयोग गर्नुपर्छ,’ संयोजक डा. पुनले भने। यी बाहेक व्यक्तिगत सफाइमा ध्यान दिने, वासी खाना र दूषित पानीको प्रयोग नगर्न उनीहरुले सुझाएका छन्।

प्रकाशित: १८ असार २०७५ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App