१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै

जुम्ला – जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको कवर्डहलमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। शरीर कमजोर बन्दै गइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. प्रविण कुमारी गिरीले बताए। उनले चिसाेले डा. केसीको छाति दुख्न सुरु भएको बताए।

‘तीन दिनमा एक पटक मात्रै पिसाव भएको छ’, उनले भने, ‘शरीरमा पानीको मात्रा घट्दै गइरहेकोछ, किड्नीमा पनि समस्या आउने देखिएको छ।’ अव्यवस्थित स्थानमा अनशन बसेकाले इन्डोस्कोपी लगायतको सेवा दिन नसकिएको उनले बताए।

स्वास्थ्य सुरक्षाका लागि खटिएका चिकित्सक संकटमा रहेको गिरीले बताए। कवर्डहलमा सबै प्रकारको उपचार सामाग्री ल्याउन कठिन रहेको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लग्न खोज्दा जुम्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेर लग्न नदिएको उनको गुनासो छ। 'कवर्डहलमा पानी चुहिन्छ, बिजुलीको व्यवस्था छैन, मोवाइलको उज्ज्यालोमा रात कटाउन वाध्य हुनुपरेको छ', उनले भने।

डा. केसीलाई अस्पताल लैजान प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलसँग सम्पर्क गर्दा उनको मोवाइल स्वीच अफ देखाउने र डीएसपी डा. तपन कुमार दाहालको फोन नउठ्नेगरेकाले समस्या भएको उनले बताए। समयमै अस्पताल लग्न नसके डा. केसीको स्वास्थ्य थप जटिल बन्दै जाने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. गिरीको संयोजकत्वमा तीनजना डाक्टरलाई केसीको स्वास्थ्य चेकजाँचका लागि खटाएको छ। उता अनशनरत डा.केसी सरकारले घोषणा गरेको निषेधित क्षेत्र नहटाएसम्म अस्पताल नजाने अडानमा छन्।

प्रकाशित: १८ असार २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App