हिमालको कथा बोकेर फर्कियो थाङला

बुधबार, २२ भदौ २०७३, ०८ : ३९ चाँदनी हमाल

काठमाडौं- हिमाल ,पहाड, तराई नेपालको जैविक विवधता हो। परम्परा र सांस्कृतीक विविधता पनि यीसँगै गासिएका छन्। तराईको गर्मिले जति शिर पोल्दछ हिमालको हिउँले पनि उति नै शिर कठांग्रिने गर्दछ। पहाडतिर भने कतै हिमालको हिउँ त कतै तराईको घाम दुबै देख्न पाइन्छ।

हिमालको हिउँ खेल्दै हुर्किदै गरेको छिरिङको बाल लहड धनुकाँड चलाउने हुन्छ। उनको आँखु (काका) पेम्बासँग मनपेट नै साटेर बोल्छन् उनी। ‘पेम्बा आँखु मान्छे मरेपछि तर्साउछ रे भुत बन्छ रे हो?' पेम्बा उनको बालसुलभ प्रश्नको जवाफ फर्काउछन् ,‘दुष्ट आत्माले मात्र तर्साउछ राम्रो मान्छे मरेपछि तर्साउन्न।'

उनीहरुका घरमा लोरसाङ छिरिङको आमा र दिदी पनि छन्। बाबु ग्याल्पो तिब्बत गएका हुन्छन्। व्यापारको सामान लिन। त्यो त बहनामा मात्र हुन्छ। वास्तवमा कान्छो भाई पेम्बासँग लोप्साङ डोल्मालाई बस्ने वातावरण मिलाउन ग्याल्पो तिन महिना लामो बसाई तिब्बतमा बस्छन्।

लोरसाङ त्यो घरमा भित्रिदा पेम्बा सानै थियो। दाजुहरुसँगै आमा सरहको लोरसाङसँग पेम्बाको पनि बिहे भएको थियो। पेम्बाको मन भने केल्साङतिर जोडिएको छ। लामा गूरूको आदेश, वुद्धधर्मको नियम कानुन र परम्परागत सोचले पेम्बालाई केल्साङबाट छुटिन वाध्य पारिन्छ। लामा बोलाएर उनको पूजा गरिन्छ घर फर्काउन। तर के पेम्बा आमा सरहको लोप्साङलाई पत्नी मानेर बस्छ? वा केल्साङलाई लिएर आफ्नो संसार सजाउछ?

केही नयाँ कुराहरु थपिएर फर्किएको थाङला नाटकको कथाको मोड कता फर्किन्छ। त्यो भने  शिल्पी थिएटरमा हिमालको हिउँको कथा बोकेर थाङला फेरि फर्किएको थाङला हेरेपछि नै दर्शकले बुझ्न सक्छन्। निर्देशक अनुप बरालको निर्देशन रहेको थाङलाको शुक्रबारदेखि मञ्चन शुरु भयो। पन्द्रवर्षपछि फेरि मञ्चन भएको पहिलो दिनको नाटक हेर्दा दर्शक दिर्घाको आँखा जति रसायो। त्यति नै निर्देशक अनुप बरालको पनि रसाए। ‘सिन नै त्यस्तो छ आँशु आईहाल्यो' ,बरालले भने ‘अहिलेको परिवेस सुहाउदो बनाउन केही परिवर्तन भने गरिएको छ।'

त्यो ठाउँ नै हावा र हिउँको हो। पितृसत्तात्मक समाज भएपनि घर चलाउने बहनामा एउटै महिलाका बहुपति प्रथा हिमालमा अझै पनि भेटिन्छ। तर नयाँ पुस्ताका युवा युवतीले त्यो प्रथा अंगाल्न नखोज्दा परिवार समाजमा उत्पन्न हुने समस्या थाङलामा बुनिएको छ।

हिमालको कष्टकर जीवनमा घर परिवार,परम्परा र संस्कृती थेग्न महिलाकोृ भुमिका मूख्य हुन्छ। जेष्ठ पुरुषहरु व्यापार गर्न तिब्बत भोट जाने गर्दछन्। महिला घर गोठ ,बालबच्चा र खेती सम्हालेर बस्छन्। जसलाई साथ दिन घरका कनिष्ठ पुरुषले घरकै भाउजुलाई पत्नी स्किारेर गृहस्थी धान्नुपर्ने हुन्छ।

पेम्बा बनेका रोयदिपले आफ्नो भुमिकासँगै कथाको मर्मलाई दर्शकको मुटुसम्म पुर्याउन कुनै कसर छाडेका छैनन्। उनले भावुक सोचाई,बोलीचालीसँगै प्रेमिकासँगको चञ्चले र गम्भिर स्वभाव सबैमा पूर्ण न्याय गरेका छन्। लोप्साङको भुमिकाका देेखिएकी दिया मास्केले कथाको मूख्य पात्र नै हुन्छिन्। उनमा एउटै घरका तीन लोग्ने बराबर गर्नुपर्ने भार रहन्छ।

  चञ्चले बालसुलभ छिरिङ बनेका किरण चाम्लिङको अभिनयले पनि मन हर्छ। कथाको अन्तिममा जब उनी युवा भएको भेषमा देखिन्छन्। हिमाली जीवन धान्न धेरै युवाहरु विदेशिएपनि उनी भने विदेशिन चाहन्नन्। थिएटरलाई हिमाली भेग झल्काउने प्रयास सार्थक देखिन्छ। शेर्पा सम्वादको शैली,चौरी गाईका कुरा,भाँडाकुँडा,पुराना गलैचा,हिमालका देउताको प्रतिबिम्ब र साजसज्जासँगै धुनमार्फत हिमाली झल्को मेटिन्छ।

यो नाटक सन १९९८ मा पोखरामा मञ्चन भएको थियो। त्यसपछि सन २००० मा काठमाडौंमा मञ्चन भएको थियो। कथाको सबैभन्दा ठूलो कुरा यसको मिथीकल बिम्ब रहेको निर्देशक बराल सुनाउछन्। महाभारतकालमा द्रौपदीका पाँचपाण्डव पति थिए। हिमालकी लोप्साङको पनि दाजुभाई नै पति छन्। परम्परा संस्कार र सन्दर्भ हिन्दु र वुद्ध जताको भएपनि त्यो समाजमा कायमै रहेको नाटकले देखाउन खोजेको बरालले बताए। ‘व्यक्तिको आफ्नो निजत्व र स्वतन्त्रताले परम्परागत कुरामा असर गर्छ नाटकमा यही कुरा छन् ,'उनले भने ,‘मुक्त हुन खोज्ने ईच्छासँग त्यसको सदैव द्वन्द्व जहिलेपनि चलिरहेकै हुन्छ। '

उनका अनुसार विश्वव्यापीकरणले समाजमा सचेतना बढ्दै गएकाले केही फरकपन आएपनि हिमाली भेगका कुना कन्दरामा यसको अवशेष अझै कायमै छन्। राजधानीका नाटक थिएटरमा समसामयिक विषयवस्तुमा नाटकहरु बनिरहेका छन्। त्यसको बिचमा फरक धारको हिमालको हिउँ झल्किने कथाले पाठकलाई नयाँ स्वाद दिएको छ।

नाटक लेखक सरुभक्त र निर्देशक बराल मिलेर समसामयिक बनाउन पुरानो र नयाँ हिमाली संस्कार जोडेका छन्। बराल पहिले रंगकर्मी हुन्। बिचमा चलचित्र कर्ममा लागेपनि उनी बेलाबेलामा दर्शक र आफ्नो कामको स्वाद फेर्न थिएटरमा उत्रिछन्। नाटकमा रोयदिप,दिया मास्के,स्वतिस्का राजभण्डारी,दर्पण राजवंशी,पुस्कर गुरुङ,सुलेमान लिम्बु,नमिता तामाङ,केशव राई लगायतको अभिनय रहेको छ। मंगलबार बाहेक हरेक दिन दुई सो हुनेगर्छ। विद्यार्थीलाई दुईसय रुपैयाँ अरु दर्शकलाई तीनसय र पाँचसय रुपैयाँ टिकट शुल्क तोकिएको नाटक असोज १५ सम्म चल्नेछ।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad