१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

हिन्दूराष्ट्र पक्षधरबीच ध्रुविकरण आवश्यकः अध्यक्ष थापा

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पक्षधर र विपक्षीहरुबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। उनले पार्टीगत आस्था र विचारधारा फरक रहेपनि हिन्दूराष्ट्र चाहने शक्ति एउटै ठाउँमा आउनुपर्ने बताए।

‘हिन्दूराष्ट्र पक्षधर र विपक्षीबीच ध्रुविकरण नहुँदासम्म हाम्रो माग पूरा हुँदैन्’ राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने, ‘आस्था र विचार फरक भएपनि हिन्दूराष्ट्रका लागि एउटै ठाउँमा आउन आवश्यक छ।’

अध्यक्ष थापाले साउन २ गतेदेखि हिन्दूराष्ट्र पुनस्थापना जागरण अभियानको सुरुवात गरिने बताए। ‘सशक्त आन्दोलन र जनदवाव विना नेपालमा हिन्दूराष्ट्र पुनस्थापना हुनसक्दैन्,’ उनले भने, ‘यसका लागि साउन २ गतेबाट जागरण अभियानको सुरुवात हुन्छ।’ उनले फागुन सात गतेदेखि राजधानी केन्द्रीत सडक आन्दोलनको सुवात गरिने बताए। ‘सडक आन्दोलनमा देशभरबाट दुई लाखको हाराहारीमा हिन्दूराष्ट्रवादी शक्ति सहभागी हुने अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘जनताको दवाव र ध्रुविकरणमार्फत हिन्दूराष्ट्र पुनस्थापना गरेर छोड्छौं।’

उनले तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबीच संविधानमा धार्मिक स्वतन्त्रता मात्रै लेख्ने सहमति भएपनि अन्तिममा आएर धर्मनिरपेक्षता घुसाइएको आरोप लगाए। ‘प्रमुख दलहरुबीच हिन्दूराष्ट्र र धर्म निरपेक्षता दुबै नराखेर धार्मिक स्वतन्त्रता मात्रै राख्ने सहमति भएको थियो’, अध्यक्ष थापाले भने, ‘अन्तिम समयमा बाह्य शक्तिको दवावमा संविधानमा धर्म निरपेक्षता घुसाइयो।’ अध्यक्ष थापाले धर्म परिवर्तन गराउने गैरसरकारी संस्थालाई नियन्त्रण गर्न र सनातन धर्मको संरक्षण गर्न सरकारसँग माग गरे।

अध्यक्ष थापाले केपी ओली नेतृत्वको सरकारको अहिलेनै ठोस समिक्षा गर्ने बेला नभएको बताए। उनले पाँच महिने सरकारको गतिविधि र सत्तारुढ दलका नेताहरुको अभिव्यक्तिले केही आशा र धेरै आशंकाहरु उब्जाएको पनि बताए।

‘दुई तिहाई बहुमतका साथ सरकार गठन भएको छ, यसले राजनीतिक स्थिरता कायम गरेको छ, यो आशाको किरण हो’ अध्यक्ष थापाले भने, ‘सँगसँगै सरकारको कार्यशैली, नेताहरुको दम्भपूर्ण अभिव्यक्ति, प्रतिपक्षीलाई दमन गर्ने कार्यले संविधान र प्रजातान्त्रिक आवरणभित्र सर्वसत्तावाद कायम हुने हो कि भन्ने खतरा पनि देखिएको छ।’

प्रकाशित: १७ असार २०७५ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App