१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अध्यारोमै बित्यो डा. केसीकाे पहिलो रात

जुम्ला – चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको अनशनको पहिलो रात अन्धकारमै बितेको छ।

डा. केसीका आफन्त किशोर केसीले अनशनरत स्थान कवर्डहलमा वत्तिको व्यवस्था नभएकाले अध्यारोमा नै अनशन थाल्नु परेको बताए। उनले भने, ‘बत्ति छैन, अध्यारोमा बस्न निकै कठिन छ।’ अनशनस्थलमा विजुली बत्तिको व्यवस्था गरिदिन उनले माग गरे। ‘ठुलो कवर्डहलमा पानी चुहिन्छ, चिसो एकदम बढी छ, लुगा कपडाको व्यवस्था पनि छैन, डा. केसी जाडोले कापी रहनुभएको छ,’ उनले भने, ‘यस्तै अवस्था रहे उहाँको स्वास्थ्यमा छिट्टै समस्या आउनेछ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन थाल्ने योजना बनाएका डा. केसीलाई जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितीको कभर्ड हलमा सारिएको हो। डा. केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेकाे थियाे। प्रहरी हिरासतमै डा. केसीले अनशन सुरु गरेपछि प्रहरीले कवर्डहल लगेर छोडेको हाे।

चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा. केसीले जुम्लामा अनशन सुरु गरेका हुन्।  

जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको दुई सय मिटर वरपरसम्म अनशन गर्न नदिने भन्दै निषेधित क्षेत्र घोषणा गरेको छ। प्रध्यापक डा. केसीको समर्थनमा जिल्लास्थित नागरिक समाज, राजनीतिक अगुवाले साथ दिएका छन्।

प्रकाशित: १७ असार २०७५ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App