१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

यौनधन्दामा संलग्न २ जोडी होटलबाट पक्राउ

उदयपुर– अवैध यौन धन्दा चलाएको आरोपमा उदयपुर सदरमुकाम गाईघाटस्थित एक होटलबाट २ जोडी पक्राउ परेका छन्। गाईघाट सेतापुलस्थित ‘हाम्रो होटल’मा यौनधन्दामा संलग्न भएको रंगेहात फेला पारेर सप्तरी घर बताउने ४२ वर्षीय इनामुल हक र सप्तरीकै १ महिला तथा बेलका नगरपालिका ठेगाना बताउने एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

सो होटलमा अवैध यौन धन्दा चल्ने गरेको सुराकीको आधारमा प्रहरीले शुक्रबार राति छापा मार्दा आपत्तिजनक अवस्थामा भेटेर उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले होटल सञ्चालक ६२ वर्षीय गोबिन्द श्रेष्ठलाई पनि अनुसन्धानका लागि भन्दै उनीहरुसँगै पक्राउ गरेर हिरासतमा राखेको जनाएको छ। 

कानून व्यवसायी अधिवक्तासमेत रहेका श्रेष्ठले भने उनीहरु होटलका ग्राहक मात्र रहेको र आफू निर्दोष रहेको दावी गरेका छन्। शनिबार बिदाको दिन भएकाले उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको आइतबार घट्नाबारे बिस्तृत जानकारी लिएर कारबाही प्रक्रिया अघि बढाउने वा टुंग्याउने भन्ने विषयमा निक्र्याैल हुने प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। 

प्रारम्भिक प्रहरी अनुसन्धानमा इनामुल हक होटलको नियमित ग्राहक भएको र उनकै सम्पर्कबाट महिलाहरु होटलसम्म आएको देखिएको प्रहरी दावी छ। तर, यथार्थ बिबरण पत्ता लगाउन भने उनीहरुसँग लिइने बिस्तृत बयानले मात्र टुंगो लाग्ने प्रहरी भनाई छ।

प्रकाशित: १६ असार २०७५ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App