१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रेल आउँछ भनेर भुईंमा नटेकी आकाश हेरेर नबस्न प्रधानमन्त्रीलार्इ भट्टरार्इकाे अाग्रह

गोरखा – पूर्व प्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का सांसद डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आकाशमा हेरेर जमिन नछाड्न सुझाव दिएका छन्।

सरकारसँग सबैभन्दा पहिले गाडी कुद्ने सडक सबै स्थानीय तहमा जोड्न अनुरोध गर्दै उनले भने ‘सपना देख्नु राम्रो छ, देख्नुपर्छ तर रेल आउँछ भनेर भुईंमा नटेकी आकाश हेरेर बस्नु भएन, अहिले तत्काल रेल आउँदैन, सम्भव छैन, सडक पहिले बनाउनुप-यो।’ कंलकीदेखि नौबिसे सडक खण्डको उदाहारण दिँदै उनले भने।

उखान टुक्का भनेर मजाक गरेजस्तो देश विकास गर्न सजिलो नभएको भट्टराईले बताए। अहिले सत्तापक्ष बीच नै बेमेलको अवस्था सिर्जना भएको बताउँदै भट्टराइले भने, संसदमा सत्तापक्षका सांसदहरुले नै संसोधनको प्रस्ताव गर्ने गरेको छन्। पार्टी, सांसद, सरकार बीच तालमेल देखिँदैन।

सरकारको कामको आलोचना गर्दै उनले पछिल्लो समय सरकारले खुट्टा लुलो बनाएको आरोप लगाए। सिन्डिकेट हटाउने योजना राम्रो भएपनि अहिलेसम्म कार्यन्वयन गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको ठहर छ। उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने योजना पनि कहाँ पुग्यो?’ योजना बनाउने मात्र होइन कार्यन्वयन पनि गर्नुपर्यो।’

हरेक महिना गृह जिल्ला आउने अभियानका क्रममा शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै गोरखाको बिकासमा महत्व राख्ने एउटापनि योजना यस वर्षको बजेटमा नपरेको भन्दै उनले आक्रोस पोखे। आफुले गोरखाका लागि प्रस्ताव गरेको योजना सहित अनुमानीत बजेट र स्टमेटको प्रतिलिपी पत्रकारहरुलाई बितरण गर्दै उनले भने मैलै आफै योजना बनाएर प्रस्ताव गरेका पाँच शिर्षक मध्ये एउटा पनि परेन, निकै दुःख लागेको छ।

साना योजना स्थानीय तहले गर्न सक्ने भएपनि गुणात्मक विकास हुने खालका केही ठुला योजना तयार गरेको उनले बताए। भट्टराईले एकिकृत ऐतिहासिक, धार्मीक, पर्यटन सर्किट निर्माण गर्न एक अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेका थिए।  उक्त योजनाका लागि यस वर्ष २० करोड विनियोजर्न गर्नुपर्ने उनको प्रस्ताव थियो। एकिकृत कृषि बिकास कार्यक्रम मार्फत दरौदी नदी क्षेत्रका फाँट तथा बेशीहरुमा सिंचाई गर्ने योजना पनि समावेश भएन। चेपे पालुङटार बहुउद्देश्यीय सिंचाई आयोजना, खानेपानी तथा सरसफाई आयोजना बजेटमा समेटिएनन्। ‘कृषि र पर्यटन केन्द्रित गरी तयार गरेर पेश गरेका एउटा पनि योजना परेन, धेरै उपेक्षा गरियो’ उनले भने।

प्रकाशित: १६ असार २०७५ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App