भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

शनिबार, १६ असार २०७५, ०९ : १५ नागरिक

मस्को – विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ। 

फिफाले रसियामा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर प्रणाली भिएआरको प्रयोग गरेको हो। भिएआर समूहले जम्मा ३३५ घटनालाई परीक्षण गरेको थियो। 

विश्वकपका सवै १२२ गोलहरू भिएआरले परीक्षण गरेको थियो भने उक्त प्रणालीको सहयोगमा यसको सहयोगमा जम्मा १२२ गोल भएका छन् र अन्य खेल अवधिमा लाइनक्रस, अपसाइड तथा खेलाडीका गतिविधि हेर्नका लागि प्रयोग गरिएका फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले शुक्रबार बताए। 

भिएआर प्रणालीको हस्तक्षेपका कारण निर्णय सच्चाइएका घटना भने जम्मा १४ वटा रहेका कोलिनाले जानकारी गराए। निरिक्षण भएका १४ घटनामध्ये तीन वटा मूल्याङ्कन रेफ्रीको कम्प्युटर मनिटर अगाडीको उपस्थितिविना नै गरिएको थियो भने अन्य मुल्याङ्कनमा रेफ्री आँफै स्क्रिन अगाडी बसेर हेरेको उनले बताए। 

रेफ्रीले भिएआर प्रणालीको सहयोग विना नै लिएका ९५ प्रतिशत निर्णय सही पाइएको थियो भने प्रणालीले निर्णयलाई थप प्रभावकारी बनाउँदा ९९.३ प्रतिशत नतिजा सही बन्न पुगेको फिफाको ठहर छ।  








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad