१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

रौतहट - लामो समयदेखि तलब नपाएको भन्दै रौतहटका दुई स्थानीय तहका स्वास्थ्यकर्मीहरू उपचार सेवा ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै रौतहटका राजदेवी र गौर नगरपालिकाका स्वास्थ्यकर्मीहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन्।

लामो समयदेखि तलबभत्ता नपाउँदा दैनिक जीवनयापन गर्न समेत कठिन भएको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । दुवै नगरपालिकाका स्वास्थ्यकर्मीले आकस्मिक सेवाबाहेक आफू कार्यरत् स्वास्थ्य संस्थाका सबै सेवा ठप्प पारेका छन्।

जिल्ला अस्पताल गौरका चिकित्सक रवीन्द्र झाले नियमित सेवाबाहेक ओभरटाइम काम गर्दा समेत समयमा तलबभत्ता नपाएको उनले गुनासो गरे । उनले भने, ‘महिनौंसम्म कसरी भोको पेटले काम गर्ने ?’

तलबभत्ता उपलब्ध गराउन स्थानीय तहमा कुरा राख्दा मन्त्रालय जान भनेपछि आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य उमाकान्त झाले तलब नपाउँदा परिवार पाल्न कठिन भएकाले प्रमुख जिल्ला अधिकारी गुहारिएको बताए ।प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गौर र राजदेवी नगरपालिकाको स्वास्थ्यकर्मीहरू गुनासो लिएर आएको बताउँदै तलब उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित: १६ असार २०७५ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App