१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिकका पूर्वसहकर्मी थपलियाको निधन

काठमाडौ– नागरिक दैनिकका पूर्व सहकर्मी यादव थपलियाको शुक्रवार अपराह्न निधन भएको छ।

सामान्य ज्वरो आएपछि गत आइतवार सिद्धि पोलिक्लिनिकमा जँचाएर घरमै आराम गरिरहेका थपलिया पुनः बुधवार फलोअप रिपोर्ट लिन सिद्धिमै गएका थिए। सोही दिन साँझदेखि ज्वरो बढेपछि उनलाई थप उपचारका लागि सिद्धि हुँदै काठमाडौ मेडिकल कलेज (केएमसी) सिनामंगल लगिएको थियो।

दुई दिनसम्म उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएको थिएन। अस्पतालका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो । नागरिक दैनिकमा झन्डै सात वर्ष समाचार डेस्कमा काम गरेका थपलिया पछिल्लो समय कान्तिपुर दैनिकमा आबद्ध थिए ।

काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रकाशित: १५ असार २०७५ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App