१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री बाँस्कोटा

दमक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। 

शुक्रबार झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले भने, “अब देशलाई समृद्धितर्फ रुपान्तरण गर्ने जिम्मेवारी सरकारको हो तर सो लक्ष्य पूरा गर्न सञ्चारमाध्यमले पनि साथ दिनुपर्छ। ” 

सञ्चारमन्त्री बाँस्कोटाले प्रेस जगतलाई थप मर्यादित र व्यावसायिक बनाउने खाँचो रहेको छ चर्चा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भने,“सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए निराकरणका लागि सरकार गम्भीर छ।” 

प्रेस जगत विश्सनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके देशले छिट्टै फड्को मार्ने विश्वास व्यक्त गर्दै उनले समाजका बेथिति मात्र केलाएर सञ्चारमाध्यमको दायित्व पूरा नहुने उल्लेख गरे। 

“अबको सञ्चारमाध्यमले समाजको साझा भावना र मर्ममा पनि जवाफदेही बन्नुपर्छ।” मन्त्री बाँस्कोटाले भने, “सञ्चारमाध्यमको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ।”  (रासस)

प्रकाशित: १५ असार २०७५ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App