विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

शुक्रबार, १५ असार २०७५, १२ : ५५ नागरिक

 झापा-  विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन्।

जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई छोराछोरी बिरामी परेका छन् । उनीहरूको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी कचनकवल गाउँपालिकामा सोयाविन र आलु मिसाएको तरकारी पकाएर खाँदा ‘फुड पोइजन’ भएर बिहीबार दिउँसोे नौजना बिरामी परेका छन् । उनीहरुको पनि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिरामी पर्नेहरुमा कचनकवल गाउँपालिका – ७ बालुवाडीका २८ वर्षीया शर्मिला तामाङ, २४ वर्षीया मञ्जु राई, ३५ वर्षीय राजा तामाङ, २८ वर्षीय अञ्जन राई, ३२ वर्षीय सीता तामाङ र २६ वर्षीय दिलु लिम्बू रहेका छन्।

त्यस्तै सात वर्षीय उदय राजवंशी, आठ वर्षीय जयप्रकाश राजवंशी पनि बिरामी परेका छन् । दश वर्षीय विक्रम राजवंशी उपचारपछि घर फर्किएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए ।

स्थानीय पदमबहादुर तामाङको खेतमा काम गर्न गएका वेला खाजा खाएलगत्तै उल्टी आउने, रिङ्गटा लाग्ने, टाउको र शरीर दुख्ने भएपछि उपचारका लागि उनीहरुलाई मेची अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad