१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङलाई केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको पराकम्प

काठमाडौं – बिहिबार बिहान ९ : ५२ बजे धादिङको सुन्दर बजार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले आज विहानको धक्का तीन वर्ष अगाडिको गाेर्खा भूकम्पको पराकम्प भएको जनाएको छ ।

भूकम्प मापन केन्द्रका भूवैज्ञानिक (सिस्मोलोजिष्ट) भरत कोइरालाका अनुसार ५ रेक्टर स्केल क्षमताको साे पराकम्पको धक्का धादिङ, चितवन, तनहुँ, काठमाडौं, ललितपुर लगायतका ठाँउमा महसुस गरिएको थियो।

आजको कम्पसमेत २०७२ वैशाख १२ गते गएको गोर्खा भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४९९ पराकम्प गइसकेका छन् । भूकम्प गएको लामो समयसम्म पनि पराकम्प गइरहने भएकाले सर्वसाधारणलाई नआत्तिन कोइरालाले आग्रह गरे।

प्रकाशित: १४ असार २०७५ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App