१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सोमरको आत्मघाती गोलमा स्विट्जरल्याण्ड बराबरीमा रोकियो

काठमाडाैं - स्विट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै नकआउट चरण (शिर्ष १६) पुगेको छ।

बुधबार भएको खेलमा कोस्टारिकासँग दुर्इ दुर्इकाे बराबरीमा रोकिएपछि स्विट्जरल्याण्ड समूहमा उपविजेता बन्यो। यो समूहको विजेता भने ब्राजिल बनेको छ।

बुधबार कोस्टारिकासँग भएको खेलमा सुरुवाती अग्रता भने स्विट्जरल्याण्डले बनाएको थियो। स्विट्जरल्याण्डकालागि खेलको ३१ औं मिनेटमा ब्लेरिम डिजेमिलीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। ब्रिल इम्बोलोको पासमा ब्लेरिमले पोष्ट नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। ब्लेरिमको गोलसँगै पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विट्जरलयाण्ड दोस्रो हाफको ५६ औं मिनेटमा बराबरी गोल खान पुग्यो। कोस्टारिकाका केन्डल वास्टनले जोएल क्याम्पवेलको पासमा डि बक्सभित्रबाट गरेको हेडिङ् सुन्दर गोलमा परिणत हुन पुग्यो।

आफ्नो अन्तिम खेल स्विट्जरल्याण्डसँग खेल्नुअघिनै प्रतियोगिताको समूह चरणबाटै वाहिरिएकाे कोस्टारिका बुधबारको खेलमा जित हात पार्दै  प्रतियोगिताको सुःखद अन्त्य गर्न चाहन्थ्यो। तर पुनः खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा स्विट्जरल्याण्डले खेलमा अग्रता बनाउन सफल भयो। स्विट्जरल्याण्डकालागि खेलको ८८ औं मिनेटमा डेनिस जाकारियाको पासमा ड्रिमिकले गोल गर्दै आफ्नो टोलिलाई जित नजिक पुर्याएका थिए। तर स्विट्जरल्याण्ड खेलको अतिरिक्त समयमा आफ्नै गल्तिका कारण बराबरीमा रोकिन पुग्यो। स्विट्जरल्याण्डका यान सोमरले अतिरिक्त समयको तेस्रो मिनेटमा आत्मघाती गोल गर्न पुगे र खेल दुई दुईको बराबरीमा सकियो।

बुधबारको खेलसँगै यो समूहबाट ब्राजिल र स्विट्जरल्याण्ड नकआउट चरण प्रवेस गरेका छन् भने सर्बिया र कोस्टारिका प्रतियोगिताबाट वाहिरिएका छन्। नकआउटमा ब्राजिलले मेक्सिकोलाई प्रतिद्वन्द्वी पाएको छ भने स्विट्जरल्याण्ड स्विडेनसँग खेल्नेछ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App