विमानस्थलको धावन मार्ग विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, १३ असार २०७५, २० : ३० नागरिक

विराटनगर- प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि धावन मार्ग विस्तारका लागि संघीय सरकारलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए। 

यसैगरी, भोजपुर जिल्ला निवासी पत्रकार धुव्र सुवेदीलाई उपसचिव तलब सुविधा प्राप्त गर्ने गरी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरिएको छ। 

बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पठाएको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५, आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ प्रदेश सभामा पठाउने निर्णय गरेको छ। 

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको प्रवक्ता मन्त्री कार्कीले बताए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad