१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाराका स्थानीय तह पूर्वाधारमा केन्द्रित

बारा- जिल्लाका स्थानीय तह आफ्नो गाउँ सहरको विकासको लागि भौतिक पूर्वाधारमा केन्द्रित देखिएका छन्। स्थानीय तहलाई प्राप्त बजेटबाट निर्माण भएको सडक ढलान, सडक कालोपत्रे , सामुदायिक भवन र नाला निर्माण लगाएतको भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएका हुन्।

दशकौ देखि जिल्लाको बिभिन्न गाउँ र बजार क्षेत्रमा रहेको कच्ची सडकहरुले गर्दा बर्षायाममा  हिलो र सुक्खा याममा  धुलोबाट पीडित बनेका स्थानीयहरुले अहिले स्थानीय तहको निर्वाचन पछि टोल टोलमा भएको विकास निर्माणको कार्यले राहत पाएका स्थानीयहरुले बताएका छन्।

जिल्लाको सदरमुकाम तथा ग्रामीण भागका गाउँ गाउँको कच्ची सडकहरुमा स्थानीय तहलाई प्राप्त बजेट रकमबाट गरीएको  ढलान र स्तर उन्तीले गर्दा सडक राम्रो बने पछि स्थानीयहरुले राहत पाउनुको साथ साथै धेरै गाउँहरुको मुहार नै अहिले फेरिएको छ।

‘देशको राजनीतिमा धेरै परिर्वतन आए पनि गाउँ गाउँमा राजनीतिक परिर्वतन बाहेकको विकास निर्माण नाम मात्रको गरिएको थियो,’ कलैया उपमहानगपालिका २० बसतपुरका ईब्रहीम मियाँले भने, ‘स्थानीय तहको निर्वाचन भएको एक बर्ष नबित्दै गाउँको अधिकाँश कच्ची सडकहरु पक्की बनेको छ।’

गाउँको धेरै कच्ची सडकहरुमा ढलान गरीएको र सामुदायिक भवनको  निर्माण कार्यले गाउँको मुहार नै फेरीएको मियाँले बताए। गाउँको कच्ची सडकहरु ढलान भए पछि दशकौ देखि भोगिदै आएको सुक्खायाममा धुलो र बर्षायाममा हिलोको समस्याबाट राहत पुगेको उनले बताए।

नगर तथा वडा स्तरीय र सीमा क्षेत्र विकास शिर्षकको बजेट गरी लगभग वाड नम्बर २० वसतपुरमा मात्रै एक करोड ४० लाख जतिको चालु आर्थिक बर्षमा बिभिन्न योजनाहरु सञ्चालन गरीएको कलैया उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

वडा नम्बर २० का वडा अध्यक्ष इमामुदीन मियाँ ठकुराईले निर्वाचन भए पछि मात्रै प्राप्त भएको बजेट रकमबाट एक किलोमिटर भन्दा बढी बिभिन्न कच्ची सडकलाई ढलान ,सामुदायिक भवन र पसाह खोलामा बर्षायाममा आउने बाढीको पानीलाई गाउँमा पस्न नदिनको लागि बाँध समेत निर्माण गरीएको बताए।

‘चालु आर्थिक बर्षमा गरीएको बिकास निर्माणको कार्य जति बिगत ५० बर्षमा पनि गरिएको थिएन,’ वडा अध्यक्ष ठकुराईले भने ‘वडामा गरीएको विकास निर्माणको कार्यले बर्षै देखिको स्थानीयहरुको चाहना पुरा भएको छ।’

चालु आर्थिक बर्षमा प्राप्त बजेट रकम मध्ये कलैया उपमहानगरपालिकाको २७ वटा वडाहरुमै लगभग ३५ करोड भौतिक पूर्वधार निर्माणको कार्य गरीएको कलैया उपमहानगपालिका प्रमुख राजेश राय यादवले बताए। उनले खर्च हुने रकमबाट सडक ढलान, सडक स्तरउन्नती, नाला निर्माण, पर्यटकीय क्षेत्रको बिकास, नगरसभा गृहको पर्खाल निर्माण लगाएत कामहरु अगाडि बढाएको बताए।

जनतासँग सबै भन्दा नजिकको स्थानीय सरकार भएकोले पनि धेरै जनताहरुको चाहना पुरा हुने विकास निर्माणको कार्यहरुलाई बढी प्राथ्मीकतामा राखेर लगानी गरीएको यादवले बताए।

नगर क्षेत्रका धेरै जनताहरुको अपेक्षहरुलाई सम्बोधन गर्ने विकास निर्माणको कार्यमा कलैया उपमहानगरपालिकाले बजेट रकमलाई खर्च गर्ने निति लिएकोले गर्दा विकास विकासले अहिले धेरै वडाहरुमा स्थानीयवासीले राहत पाएको यादवले बताए । अगामी आर्थिक बर्ष २०७५/७६ कलैया उपमहानगरपालिकाको लागि चाहिने भौतिक पुर्वाधारहर जस्तै, व्यपारीक भवन, नगरसभा गृह, ल्यण्डफिल्ड साइड, फराकिलो सडक, पर्यटकिय क्षेत्र र खेल मैदान निर्माण गर्न तिर लागेको यादवले बताए ।

आवश्यक पूर्वधार र पर्यटकीय क्षेत्रको निर्माण गरे पछि अहिले देखिएको  कलैयालाई विकसित सहरमा परिणन गर्न सकिने योजना रहेको नगरप्रमुख यादवले बताए।

कलैया उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोकराज पाण्डेले भौतिक पूर्वाधारको विकासको साथ साथै कलैया सहरलाई सफा राख्न सके मात्रै नगरवासीले विकास भएको अनुभुती गर्ने भएकोले यस कार्यमा लागि परिएको  बताए।

नगरलाई सफा राख्नको लागि ‘क्लिन कलैया’ अभियान चलाउने अति नै आवश्यक भएकोले उनले बताए । आगामी आर्थिक वर्षका लागि बजेट उप–महानगरपालिकाले सो अभियान सञ्चालनका लागि बजेट छुट्याएको पाण्डेले बताए।

आगामी आर्थिक वर्षका लागि उप–महानगरपालिकाले १ अर्ब १ करोड २२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेटमा ‘क्लिन कलैया’ अभियान सुरु गर्नुका साथै, भरतचोकलाई सुदुढीकरण गरी सुन्दर बनाउने र बौराहा पोखरीलाई नमुना पोखरा बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए।

उपमहानगरपालिकामा २७ वटा वडा रहेकोमा सबैलाई ८० लाखका दरले बजेट छुट्याइएको कार्यकारी अधिकृत डा टोकराज पाण्डेले बताए। ‘पूर्वाधारको विकासको साथ साथै सफा र व्यवस्थित पार्किङ्गलाई  प्राथमिकतामा राखेका छौं,’ डा पाण्डेले भने,‘पुरानो नगरपालिका भएर पनि विकासमा पछि परेकाले हामीले योजनाबद्ध रुपमा विकासको योजना अघि सारेका छौं।’

प्रकाशित: १३ असार २०७५ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App