१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टानद्वारा नौडल्ले पहाडको पदमार्ग अध्ययन

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन थालेको छ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेसँगै टानले भर्जिन पर्यटकीय गन्तव्यको खोजी थालेको हो ।टानका गन्तव्य अनुसन्धान तथा प्रर्वद्धन विभाग प्रमुख सुकबहादुर लामाले साबिकका गन्तव्यको प्रवर्द्धन र नयाँ गन्तव्यको रुट तय गर्न कार्ययोजना अघि बढाएको जानकारी दिए।

‘टानले गत हप्ता मात्रै गुरिल्ला ट्रेक, गुर्जु हिमाल ट्रेक र ढोरपाटन ट्रेकिङ क्षेत्रसँग जोडिएको बाग्लुङको बोंगा दोभानको पदमार्ग अध्ययन थालेको छ । यो रुट नयाँ गन्तव्य हो,’ लामाले भने, ‘बोंगा दोभान हुँदै कटेरी बराह ताल, अंखुटे, गुर्जा, नौडल्ले, नर्जा खाने, खुङ्खाने, तमान, सुले, दुर्लेक रुट पर्छ । यसपछि दरबाङ हुँदै बेनीको बाटो भएर पोखरा आइपुग्छ।’

आन्तरिक तथा बाह्य पर्यटक लागि उक्त रुट नयाँ गन्तव्य रहेको लामाको भनाइ छ । उक्त रुटमा ट्रेकिङ गर्न दुई हप्ता लाग्ने लामाले जानकारी दिए ।उनका अनुसार यो रुट एक हजारदेखि ३६ सय मिटर उचाइमा छन । गर्मी मौसमदेखि चिसो मौसमका कारण यस क्षेत्रमा अर्गानिक फलफूल, पाँचऔंले जस्ता जडीबुटी पाइने उनको भनाइ छ । यस्तै, लोपोन्मुख जंगली पशुपक्षी समेत सजिलै देख्न सकिने उनले बताए।

‘यो रुटको नामकरण गर्ने सम्बन्धमा पर्यटन व्यवसायीबीच छलफल भइरहेको छ । यो क्षेत्रको मुख्य आकर्षक केन्द्र नौडल्ले पहाड हो,’ उनले भने, ‘दक्षिण हुँदै उत्तरतर्फ लाग्ने भएका कारण हिमाल सजिलै देखिन्छ । टानले अध्ययन गरेको यो नयाँ गन्तव्यको नाम छिटै टुंगो लाग्नेछ ।’नयाँ ठाउँ हेर्न चाहने विदेशी पर्यटकका लागि उक्त गन्तव्य उपयुक्त रहेको उनको भनाइ छ । तमाम गाउँ र खुङ्खाने गाउँमा होमस्टेको सम्भावना छ । यही रुटबाट डोल्पा र हुम्लासमेत जान सकिने अध्ययनले देखाएको छ । अध्ययन अनुसार यो रुटबाट अन्नपूर्ण, निलगिरि, माछापुच्छे« सजिलै देखिन्छ।

बागलुङ तामनखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढामगरका अनुसार उक्त गाउँपालिकामा रहेको बराहताल तथा नौडल्लेबाट माछापुच्छे्, धौलागिरि एकदेखि पाँचसम्म, चुरे, घोडेकन्या, गुर्जा, कम्बोन, मानापाथी, छौराबोङ, म्याग्दीमाथा लगायत हिमाल देख्न सकिन्छ ।अध्ययन टोलीमा टानका सुविना माननधर, हिमालयन म्याप हाउसका कार्टोग्राफर कृष्ण महर्जन, फेसेस इन्टरटेन्टमेन्टका फिल्ममेकर राजु मगर, राङडोल लामा थिए ।  

 

प्रकाशित: १३ असार २०७५ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App