१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र नर्भिकबीच सहकार्य

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेको बैंकले जनाएको छ।सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक तथा कर्मचारीले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।सिटिजन्स बैंक इन्टरनेसनलका ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रवाह भइरहेको विज्ञप्तिमा छ ।

प्रकाशित: १३ असार २०७५ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App