१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बरादीमा तीन सवारी ठोक्किँदा ४ को मृत्यु, ३ घाइते (अपडेट)

तनहुँ- पृथ्वी राजमार्ग सडक खण्डको आबुखैरेनी १ बरादीमा तिन सवारी एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगर, पर्वत जिल्ला कुस्मा नगरपालिका ९ कि ३ वर्षिय वालिका ममता लामिछाने, कुस्मा नगरपालिका ९ कै ३५ बर्षिय कमल लामिछाने त्यस्तै आवुखैरेनी गाउँपालिकाका अन्दाजी ३५ बर्षिय  नुन वहादुर खवास रहेका छन्। थापाको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो भने लामिछाने द्वयको गण्डकीमा र खवासको मणिपाल अस्पतालमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ। 

आवुखैरेनी वाट डुम्रे तर्फ आउदै गरेको ग १ ख ३०७३ नम्वरको यात्रुवहाक बसले विपरित दिशाबाट आएको बा १७ च १८१४ नम्वरको  भ्यान र मुग्लिनबाट डुमे तर्फ आउदै गरेको  ग ५ प १९४४ नम्वरको मोटरसाईकल एक आपासमा ठक्कर खादाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

त्यस्तै घाईतेहरुमा कुस्मा नगरपालिका ९ कि २० बर्षिय पार्वती लामिछाने, भरतपुर महानगरपालिका ६ का ३० बर्षिय सरु पाठक, कुस्मा नगरपालिका १३ का २४ वर्षिय गुरुदत्त तिवारी पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए।

प्रकाशित: १२ असार २०७५ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App