१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छात्रवृत्ति घोषणा

काठमाडौं – मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। 

दक्षिण एसियाली मुलुकमा अवैध रुपमा हुने मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले नेपालका पत्रकारलाई इम्पल्सले छात्रवृत्ति दिने घोषणा गरेको हो। नेपालसँगै उक्त छात्रवृत्ति भारत, म्यानमार र बंगलादेशका पत्रकारलाई समेत प्रदान गरिनेछ। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा इम्पल्सका हासिन खार्चीले एकवर्षे र चारहप्ते तालीम दिई मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले छात्रवृत्ति घोषणा गरिएको बताए। 

उनले छात्रवृत्ति पाएर गोष्ठीमा सहभागी हुने पत्रकारले दक्षिण एसियाली मुलुकमा भइरहेको मानव बेचबिखन र ओसारपसारसम्बन्धी विषयमा खोजमूलक समाचार सम्प्रेषण गर्न सक्ने बताए। उनले यस किसिमको छात्रवृत्तिले पत्रकारलाई समाचार लेखनमा सहयोग पुर्याउने बताए। 

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक कपिल काफ्लेले छात्रवृत्तिले नेपालका पत्रकारलाई बढ्दो मानव बेचबिखनका सम्बन्धमा समाचार लेख्नका लागि सहयोगी भूमिका खेल्ने बताए। उनका अनुसार एकवर्षे छात्रवृत्ति भर्खर पत्रकारिता पेशामा लागेका र चारहप्ते छात्रवृत्ति अनुभवी पत्रकारलाई प्रदान गरिनेछ।   (रासस)

प्रकाशित: १२ असार २०७५ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App