१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री अधिकारीलाई सांसदको प्रश्न : ताल मिचेर घर बनाउनेलाई के हुन्छ ?

फाइल तस्बिर

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताल मिचेर घर बनाउनेलाई के हुन्छ भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत पर्यटन मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्री रविन्द्र अधिकारीले दिए पछि जिज्ञासा राख्दै सुवालले उक्त प्रश्न गरेका हुन्।

सुवालको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले सम्पदा मास्नेलाई कुनै प्रकारको छुट नहुने बताए। सम्पदाको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै उनले एक ठाउँमा मात्र नभएर देश भरका सम्पदा संरक्षणको लागि सरकार प्रतिवद्ध भएको अधिकारीले प्रष्ट पारे।

मन्त्री अधिकारीले सम्पदा अतिक्रमण गर्नेहरुलाई सरकारले कारबाही गर्ने बताए। अतिक्रमण गरिएका जमिन सरकारले फिर्ता ल्यार्ने समेत उनले प्रष्टाए।

प्रकाशित: १२ असार २०७५ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App