१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय निकाय पुर्नसंरचनाका विषयमा धारणा तय गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं–स्थानीय निकाय पुर्नसंरचनाका विषयमा आधिकारिक धारणा तय गर्न कांग्रेसका प्रभावशाली नेतासहित पदाधिकारीको बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा दुवै पक्षका नेताहरु सहभागी छन्।

सभापति देउवाले स्थानीय निकाय पुर्नसंरचनका विषयमा अन्योलता बढेको भन्दै त्यसलाई चिर्दै कांग्रेसको आधिकारिक धारणा तय गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए। स्थानीय निकाय पुर्नसंरचना आयोगले स्थानीय निकायको संख्या ५६५ नबढेगरी प्रतिवेदन पठाउन जिल्ला प्राविधिक समितिलाई निर्देशन दिएपछि सोको पक्ष विपक्षमा दलहरुको धारणा सार्वजनिक भएको छ।

प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय निकायको संख्या सकेसम्म थोरै बनाउनुपर्ने पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको छ भने प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय निकायको संख्या कम्तिमा पनि हजार हुनुपर्ने बताउँदै आएको छ। सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने सुरुमा प्रदेशको सीमाकंन गर्नुपर्नेभन्दै स्थानीय निकाय पुर्नसरंचना आयोगको काम तत्काल रोक्न सरकारलाई दबाब दिँदै आएको छ।  दलहरुबीच स्थानीय निकायको संख्या कति बनाउने भन्ने विषयमा सहमति नजुट्दा आयोगको काम प्रभावित हुँदै आएको छ।

 

प्रकाशित: २१ भाद्र २०७३ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App