१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धादिङको गल्छी गाउँपालिकामा ज्योति विकास बैंक

काठमाडौं– ज्योति विकास बैंकले धादिङको गल्छी गाउँपालिकाको गल्छी बजारमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ।

अध्यक्ष खड्काले बैंकले आधुनिक बैकिङ सेवा देशभर विस्तार गर्ने क्रममा गल्छीमा शाखा खोलेको बताए । बैंकले ५७ वटा शाखा र १८ वटा एटिएमबाट सेवा दिइरहेको छ । बैंकले १६ अर्ब दुई करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । बैंकको चुक्ता पुँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको जारी विज्ञप्तिमा छ ।
 

प्रकाशित: १२ असार २०७५ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App