१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पहिलाे हाफमा माेरक्काे र स्पेनकाे बराबरी

काठमाडाैं - विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्पेन र मोरक्कोबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ।

पहिलो हाफको खेल सकिँदा दुवै टोलीले एक एकको बराबरी खेलेका छन्। खेलमा अग्रता भने मोरक्कोले लिएको थियो। खेलको १४ औं मिनेटमा डिफेन्सको तालमेल नमिल्दा स्पेनले गोल खान पुगेको थियो। मोरक्कोकालागि खालीद वोताइबले गोल गरेका थिए।
एक गोलले पछि परेपछि आक्रामक खेल खेलेको स्पेनले मोरक्कोले गोल गरेको ५ मिनेटपछिनै बराबरी गोल फर्कायो। स्पेनकालागि खेलको १९ औं मिनेटमा इस्कोले इनिएस्टाको पासमा गोल गरे। त्यसछि पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीका तर्फबाट गोलकालागि प्रयास भएपनि गोल हुन नसक्दा खेल एक एकको बराबरीमा सकिएको हो।

प्रकाशित: ११ असार २०७५ १९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App