१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाई काटेको आरोपमा पक्राउ

 गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ का ३५ वर्षिय गोपाल कुँवर पक्राउ परेका छन्। आईतवार राती आफ्नै गाई काटेको आरोपमा उनी पक्राउ परेका हुन्। काट्न सघाउने सोही ठाउँमा अर्जुन नेपाली पनि पक्राउ परेको प्रहरी निरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। विकास नेपाली र ठूलोकाले सार्की भने फरार रहेका छन्।

आईतवार राती गोपाल कुँवरले गोठको गाईलाई चिर्पटले हानेको र अन्यलाई बोलाएर काट्दै गरेको भन्ने सूचना स्थानीयले प्रहरीलाई दिएका थिए। इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको टोलीले गाईकाट्दै गरेकाहरुलाई पक्राउ गरेको हो । घटना बारे अनसुन्धान भईरहेको र फरार अभियुक्तको खोजी भईरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित: ११ असार २०७५ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App