१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फस्ट लुकमा ‘नाइँ नभन्नू ल ५’


काठमाडौं– वर्षकै प्रतीक्षित फिल्म नाइँ नभन्नू ल ५ को फस्ट लुक रिलिज गरिएको छ । निर्माण टिमले दुई जोडीलाई पोस्टरमा स्थान दिँदै फिल्मको फस्ट लुक सार्वजनिक गरेको हो । पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग छ।

फिल्ममा थुप्रै सिनियर कलाकार भए पनि निर्माण टिमले पछिल्लो पुस्ताका कलाकारलाई सार्वजनिक गर्दै प्रचार थालेको छ । निर्देशक विकास आचार्यले फिल्मको कथाअनुसार फिल्मको फस्ट लुक सार्वजनिक गरेको बताए । ‘नाइँ नभन्नू ल ५ सदाझैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झझल्को हो,’ आचार्यले भने।

भदौ ८ गते रिलिज हुने फिल्ममा कलाकारको जम्बो टोली छ । फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ । हरेक सिरिजबाट कसै न कसैलाई डेब्यु गराउँदै आएका आचार्यले यो फिल्मबाट अभिषेक नेपाल र सेड्रिना शर्मालाई डेब्यु गराएका छन् ।

अभिषेकले स्वस्तिमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीको रुपमा देखिनेछन् । फिल्मको लेखन विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त हो भने फिल्मको छायांकार पुरुषोत्तम प्रधान हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
 

प्रकाशित: ११ असार २०७५ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App