१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

रूस – विश्वकप फुटबलमा समूह एफका जापान र सेनेगलको खेल बराबरीमा सकिएको छ। रसियाको इकाटेरिनबर्ग रंगशालामा सम्पन्न आइतबारको दोस्रो खेलमा दुवै टोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन्।

बराबरीपछि दुवै टोलीका समान चार–चार अंक भएको छ। जापानले पहिलो खेलमा कोलम्बिया र सेनेगलले पोल्याण्डलाई पराजित गरेका थिए। आजको खेलमा बरबरी गरेका दुवै टोलीको अघिल्लो चरणको यात्रा जिवितै छ।

सेनेगलले दुई पटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो। सेनेगलले साडियो मानेको गोल मार्फत ११ औं मिनेटमा अग्रता बनाएको थियो। जापानका गोलरक्षक इजि कावासिमाको हातमा लागेर आएको बलमलाई सेनेगलका कप्तान मानेले गोलपोष्ट नजिकैबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

एक गोलले अग्रता कायम गर्दै अघि बढेको सेनेगललाई पहिलो हाफमा बराबरीमा रोक्न जापानका ताकासी इनुइले नागाटोमोको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे। पहिलो हाफ बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा पनि बराबरी खेले। दोस्रो हाफको ७१ औं मिनेटमा एम्बेनीयानको पासमा सेनेगलका मोला वागीले गोल गर्दै पुन टोलीलाई अग्रता दिलाए।

२–१ ले पछाडि परेको जापानका लागि ७२ औं मिनेटमा मैदान प्रवेश गरेका केइसुके होन्डाले खेलको ७८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि निर्धारित र इन्जुरी समयमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भए।

५७ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा राखेपनि जापानले अन्य गोल गर्न सकेन। यता सेनेगलले पनि पाएका केहि सुन्दर अवसर सदुपयोग गर्न असमर्थ रह्यो। खेलअवधिभर जापानले ७ र सेनेगलले १५ पटक पोस्ट एटम गरेका थिए।

जापान र सेनेगल दुवैको ४–४ अंक भएको छ भने अंकविहीन रहेका पोल्यान्ड र कोलम्बियाको खेल अबको केहि समयपछि सुरु हुनेछ। 

प्रकाशित: १० असार २०७५ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App