१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सवारी साधनको जरिवाना शुल्कमा वृद्धि

काठमाडौं- काठमाडौं महानगरपालिकाले अनाधिकृत स्थलमा पार्किङ गर्ने सवारीसाधनको जरिवाना शुल्कमा भारी वृद्धि  गरेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ को  बजेट मार्फत अनाधिकृत पार्किङ गर्ने दुईपाङग्रे सवारीसाधन मोटरसाइकलको जरिवाना शुल्क  एक हजारबाट वृद्धि गरेर १५ सय रुपैयाँ पुर्‍याएको छ।

अनाधिकृत रुपमा  पार्किङ गर्ने तीन पाङ्गे सवारीसाधनको पार्किङ शुल्क एक हजार रुपैयाँबाट बढाएर २५ सय रुपैयाँ पुर्‍याएको छ। त्यस्तै गरी चारपाङग्रे हलुका सवारीसाधनको अनाधिकृत रुपमा पार्किङ गरेमा तीन हजार रुपैयाँ जरिवाना रकम तोकेको छ । त्यस्तै गरी चार पाङ्ग्रे ठूला सवारीसाधन अनाधिकृत पार्किङ गर्नेलाई पट्के पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा पार्किङ गर्ने दुई पाङग्रे र चार पाङ्ग्रे सवारीसाधनलाई पट्के एक हजार रुपैयाँ जरिवाना तिराउँदै आएको थियो।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सवारीसाधनको शशुल्क पार्किङको दररेट कायम गरेको छ। आर्थिक वर्ष २०७५–७६ को बजेट बक्तक्य मार्फत  ठाउँ अनुसारको पार्किङको व्यवस्था गर्न लागेको हो। महानगरपालिकाले क्षेत्रगत आधारमा शशुल्क पार्किङको दररेट तय गरेको जनाएको छ। क्षेत्र नं १ मा  दुई पाङग्रे सवारीसाधन पार्किङ गर्दा प्रति घण्टा १५ रुपैयाँ शुल्क लाग्नेछ। 

चार पाङग्रे सवारीसाधनको लागि ४० रुपैयाँ, चारपाङग्रेभन्दा ठूला सवारीसाधनको लागि १ सय २० रुपैयाँ तोकेको छ।  क्षेत्र नम्बर  दुईको न्युरोड, धर्मपथ कान्तिपथ  दरबारमार्ग लगायतका स्थानमा  दुई पाङग्रे सवारीसाधनको पार्किङको लागि २५ रुपैयाँ, चार पाङग्रे सवारीसाधनको लागि ८० रुपैयाँ र चारपाङग्रे भन्दा ठूला सवारीसाधन पार्किङ गर्दा  तीन सय रुपैयाँ  शुल्क तोकेको छ।

क्षेत्र नम्बर  तीनको बिजुली बजार, मनोहरापूल, पेप्सीखोलासम्म, पुतलीसडक बागबजार लगायतका स्थानमा दुई पाङग्रे सवारीसाधनको लागि १५ रुपैयाँ, चार पाङग्रे सवारीसाधनको लागि ४० रुपैयाँ र चारपाङग्रेभन्दा ठूला सवारीसाधनलाई एक सय रुपैयाँ प्रतिघण्टा पार्किङ शुल्क तोकेको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु जोशीले अनाधिकृत स्थानमा पार्किङ गर्ने दुई पाङग्रे सवारीसाधनलाई एक हजार रुपैयाँ जरिवाना तिराउँदै आएको छ ।   नीजि क्षेत्रले  काठमाडौं महानगरपालिकाबाट  अनुमति लिएर व्यवसाय दर्ता गरेर सशुल्क पार्किङ व्यवसाय सञ्चालन गर्न सकिने बजेट बक्तव्यमा उल्लेख गरिएको छ।

 

 

प्रकाशित: १० असार २०७५ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App