१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘पुरानो बुलेट’मा अनुपसँग माला र वर्षा

फिल्म ‘पुरानो बुलेट’का कलाकार वर्षा शिवाकोटी (बाँया), अनुपविक्रम शाही (बीच) र माला लिम्बू (दाँया)। तस्बिरः नागरिक

काठमाडौं -  प्रेम र एक्सनलाई प्राथमिकता दिएर क्रेजी इन्टरटेन्मेन्टले फिल्म ‘पुरानो बुलेट’ निर्माण गर्ने घोषणा गरेको छ। यस फिल्ममार्फत निर्देशकका रुपमा ‘डेब्यु’ गर्न लागेका पत्रकार भीषण राईले फिल्म समसामयिक कथामा हुने बताए। ‘फिल्ममा प्रेम, रोमान्स, एक्सनलगायतका सबै फर्मुला हुनेछन्,’ उनले भने, ‘निर्देशनमा मेरो पहिलो प्रयास हो तर दर्शकलाई मैले पहिलोपटक फिल्म निर्देशन गरेको अनुभव गराउन चाहन्नँ।’

फिल्ममा अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बू प्रमुख भूमिकामा छन्। अनुपले नयाँ टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए । ‘फिल्ममा मेरो चरित्र निकै रमाइलो किसिमको छ। दर्शकले अघिल्ला फिल्ममा भन्दा यो फिल्ममा केही फरक अनुभव गर्न सक्नुहुनेछ,’ अनुपले भने। नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा फिल्मको छायांकन हुने कुराले आफू निकै खुसी भएको बताइन्। अर्की नायिका मालाले पनि नयाँ समूहसँग काम गर्नु उत्साहपूर्ण हुने जनाइन्।

अशोककुमार राई, दीपेन्द्र लिम्बू, वीरेन साम्बा र टिकाराम राईको लगानी रहने फिल्ममा सन्तोष राई कार्यकारी निर्माता छन्। फिल्ममा भिषण र कार्यकारी निर्माता सन्तोषको कथा र पटकथा, हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बू र जयन जे वाइबाकोे संगीत र प्रशान्त तामाङको कोरियोग्राफी हुनेछ। फिल्म असार १५ बाट खिचिने र मंसिरमा रिलिज हुनेछ।

प्रकाशित: १० असार २०७५ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App