१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रुसको निर्णायक गोलमा जर्मनीको आशा जीवितै

काठमाडौं - पहिलो हाफमा एक शुन्यले पछि परेको अवस्था उल्ट्याउँदै पूर्व विश्वविजेता जर्मनीले स्विडेन विरुद्धको खेलमा जित हात पारेको छ।जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेस गर्ने सम्भावना समेत बलियो बनेको छ।

जर्मनीकोे जितमा टोनी क्रुस नायक बने। उनले खेलको अतिरिक्त समयमा जर्मनीका लागि उत्कृष्ट गोल गरे। स्विडेनका जिमी डुरमाजले जर्मनीका टिमो वेरनरलाई डि बक्स नजिकै लडाएपछि पाएको फ्रि किकलाई चलाखी ढङ्गले सदुपयोेग गर्दै क्रुसले उत्कृष्ट गोल गरेका हुन्।

जर्मनीका लागि बराबरी गोल भने खेलको ४८ औं मिनेटमा मार्को रिवसले गरेका थिए। मारियो गोमेजको पासलाई सदुपयोग गर्दै रिवसल  डि बक्स भित्रबाट वायाँ खुट्टाले प्रहार गरेको बलले सिधै गोलपोष्टको जालि चुमेको थियो। जितका लागि अन्तीम समय सम्म संघर्ष गर्ने क्रममा जर्मनीले गरेका कैयौं उत्कृष्ट प्रहारलाई स्विडेनका गोलरक्षक रोविन ओलसेनले विफल तुल्याइदिएका थिए। खेलमा आफ्नो पकड बलियो राखेपनि विजयी गोल गर्न जर्मनीलाई खेलको अतिरिक्त समय सम्म पर्खनु पर्यो।  

पहिलो हाफको खेलमा उत्कृष्ट खेल खेलेपनि जर्मनी एक गोलले पछि परेको थियो। स्विडेनका लागि पहिलो हाफको ३२ औं मिनेटमा वला टोइभोनेनले भिक्टर क्लेसनको पासमा जर्मनीका गोलकिपरलाई विट गर्दै उत्कृष्ट गोल गरेका थिए। पहिलो हाफमा राम्रो खेल खेलेको स्विडेन बराबरी गोल पश्चात केहि दबाबमा आएर खेल्दा जर्मनीले त्यसको फाईदा उठाउँदै खेलको अन्तीम सम्म स्विडेनलाई दबाबमा राख्न सफल रह्यो।

यो सँगै जर्मनीलाई हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्ने स्विडेनको सपना चकनाचुर भयो्। स्विडेनले अब अर्को चरण प्रवेसका लागि अर्को राउण्डको खेल सम्म पर्खनुपर्ने भएको छ। जर्मनीको जितले नकआउट चरण पुग्ने सबै टोलीको बाटो समेत खुला गरिदिएको छ। यो समुहबाट नकआउट चरण प्रवेस गर्न कुन दुई टोली सफल हुने हुन त्यसको लागि भने अर्को राउण्डको खेल कुर्नु वाहेक अरु विकल्प रहेको छैन।

प्रकाशित: ९ असार २०७५ २०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App