१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अरिङ्गलले चिल्दा एकको मृत्यु, दुई घाइते

तनहुँ-आमासँग वनमा घाँस काट्न गएका बेला अरिङगलले चिल्दा तनहुँमा आज दिउँसो एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा व्यासनगरपालिका–३ बस्ने सुनिता मिश्रका नौ वर्षीया छोरा प्रसन मिश्र रहेको प्रहरीले जनाएको छ।
अरिङगलको टोकाइबाट गम्भीर घाइते भएका उनको दमौली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अरिङगलको टोकाइबाट घाइते भएकी आमा २५ वर्षीया सुनिताको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा छ वर्षीय प्रलोश मिश्रको दमौली अस्पतालमा उपचारपश्चात घर लगेको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: २० भाद्र २०७३ १४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App