१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल लुटपाटमा संलग्न चार पक्राउ

इटहरी- इटहरी तथा आसपासका क्षेत्रमा मोटरसाइकल लुटपाट गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको  छ।

प्रहरीले बक्लौरी वडा नं. १ का बरिलाल चौधरी र सरोज ठाकुरको घरबाट मोटरसाइकल लुटपाट गरेर भाग्दै गर्दा दुईवटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पकलीका अनुसार पक्राउ पर्नेमा बक्लौरी वडा नं. १ का सन्दिप तामाङ्, उनका भाई दिपेश तामाङ, सरोज खवास र उज्वल चौधरी छन् । पाँच जनाको संख्यामा रहेको समूहले शुक्रबार राति ११.३० बजे बक्लौरीका बरिलाल चौधरीलाई कुटपिट गरि को ९ प २४२१ र सोही समूहले सरोज ठाकुरको घरबाट ग २ प ५७३२ नम्बरको मोटरसाइकल लुटेर भागेका थिए ।

घटना भएलगतै प्रहरीलाई सम्भावित नाकामा हाई अर्लटमा राखिएपछि शनिबार बिहान को ९ प २४२१ नम्बरको मोटरसाइकलसहित लुटने फेला परेको इनिस्पेक्टर शान्ता कार्कीले बताए । उनका अनुसार शुरुवातमा मोटरसाइकल र लुटने फेला परेपछि अर्को मोटरसाइकल भने उज्वल चौधरीको घरबाट बरामद गरिएको हो ।

मोटरसाइकल लुटपाटमा संलग्न अर्का एक जना भने फरार रहेका छन् । पक्राउ परेकाविरुद्द डाका मुद्दामा उजुरी परेकाले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान थालिएको छ।

प्रकाशित: २० भाद्र २०७३ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App