१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको बोली र व्यवहारमा फरकः नेता सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसभित्र कुरा एउटा र काम अर्को हुने गरेको आरोप लगाएका छन्। सोमबार तरुण दल काठमाडौं जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेएता सिंहले  कुरा उटा र काम अर्को हुने गरेकाले कांग्रेसमाथिको विश्वसनीयता कम भएको बताएका हुन्। 

उनले बोली र व्यवहारमा एकरुकता ल्याउन कार्यकर्तालाई निर्देशनसमेत दिए।  नेता सिंहले मधेसलगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न सरकार तयार हुनुपर्ने बताए।  उनले नतिजा केही नदिखिने भाषणमात्र गरे मुलुकले निकास नपाउने उनको भनाइ थियो।  मधेस समस्याको समाधान र स्थानीय तहको  सीमाकंन तत्काल टुंगोमा पुर्याउन राजनीतिक दलबीचको सहमति आवश्यक रहेको भन्दै दलहरुबीच सहमति नभए कुनै पनि निर्वाचन हुन नसक्ने बताए। 

सरकार परिवर्तन कांग्रेसको अगुवाइमा भएको भन्दै नेता सिंहले अब राजनीतिक सहमति जुटाउने काम पनि कांग्रेसको काँधमा आएको र सभापतिले त्यसको नेतृत्व गर्नुपर्ने नेता सिंहको भनाइ थियो। कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडले मुलकको समस्या समाधानकालागि सरकार तयार रहेको बताएका थिए।

 

प्रकाशित: २० भाद्र २०७३ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App