फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

बिहिबार, ०७ असार २०७५, २३ : ०१ नागरिक

रूस – विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न  दोस्रो  खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्दा पेरू भने प्रतियोगिताबाट बाहिरिएको छ। पेरू आफ्नो पहिलो खेलमा डेनमार्कसँग पराजित भएको थियो। यता विजयी फ्रान्सले भने पहिलो खेलमा अष्ट्रेलियालाई पराजित गरेको थियो।

फ्रान्सलाई अघिल्लो चरणमा प्रवेश गराउन पहिलो हाफको ३४ औं मिनेटमा ओलिभर जिरुडको पासलाई सदुपयोग गर्दै किलियन एमबाप्पेले गोल गरेका थियो। एमबाप्पे फ्रान्सका तर्फबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन्। एमबाप्पे १९ वर्ष १ सय ८३ दिनका भएका छन्। बाप्पेले गरेको गोलनै फ्रान्सलाई अन्तिम १६ मा पुर्याउन पर्याप्त बन्यो।

खेलअवधिभर बलियो टोली फ्रान्सलाई दबाबमा राखेपनि पेरू फिनिसिङमा चुक्दा गोल गर्न असमर्थ रह्यो। पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पेरू एक खेल खेल्नुअघिनै प्रतियोगिताबाट बाहिरिएको छ। यता फ्रान्सले पनि पाएका केहि सुन्दर अवसर खेर फालेको थियो। 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad