१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रपति किन गइन् जंगी अड्डा?

तस्बिर: नेपाली सेना

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज  नेपाली सेनाको जंगी अड्डामा गएर नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएकी छिन्। प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला सेनाको परमाधिपति रहेकी राष्ट्रपति भण्डारी स्वयं जंगी अड्डा पुगेर ब्रिफिङ लिएकी हुन्।

राष्ट्रपतिलाई सेनाको प्रमुख विभागको जिम्मेवारी सम्हालेका रथी र अधिृकतहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराएका थिए । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यहरु बारे जानकारी दिइएको थियो।

पछिल्ला दुई महिनामा राज्यका मुख्य अंगका अधिकारीहरुलाई नेपाली सेनाले जंगी अड्डाको भ्रमण गराइसकेको छ । केही हप्ता अगाडि जंगी अड्डाको भ्रमण गरी कार्यवाहक प्रधानन्यायाधिश दिपकराज जोशीले प्राड (कानुन) विवाकको गतिविधि वारे जानकारी लिएका थिए भने प्रधानमन्त्री केपीले त्यस लगत्तै जंगी अड्डा गएर सेनाले फास्ट ट्याक निर्माणमा गरेको प्रगति बारे जानकारी लिएका थिए।

सेनाको गतिविधि बारे जानकारी लिएपछि आज राष्ट्रपति भण्डारीले उसले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।  नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाझैं सम्पन्न गर्न निर्देशन दिएकी थिइन्।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय एवं सरकार सदैव सकारात्मक रहेको बताएका थिए।

कार्यक्रमको शुरुमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको सवलीकरण, सुदृढीकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्न सरकारले गरेको सहयोग तथा भूमिका महत्वपूर्ण रहेको बताएका थिए। सो कार्यक्रममा राष्ट्रपति कार्यालय तथा रक्षामन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ७ असार २०७५ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App