हावापानीअसन्तुलन हावा कुरा होइन

बिहिबार, ०७ असार २०७५, ०९ : ०८ कृष्णमुरारी भण्डारी

हिउँदमा धुलो र वर्षामा हुने हिलोबारे यहाँ कसैले कसैलाई केही भन्नै पर्दैन, सब जानकार छन् । मेलम्चीको नाममा सेता हात्ती पालेर सुरुङको साटो बाटो खन्न थाल्नुअघि (बहुदल आएपछि) उत्पन्न नयाँ वर्ग बानेश्वरमा उम्रिन थाल्यो । त्यसपछि त बानेश्वरको नाम ऋतु अनुसार परिवर्तन हुन थालेको हो– वर्षामा हिलेश्वर र हिउँदमा धुलेश्वर !

मेलम्चीको पाइप बिछ्याउन थालेपछि त काठमाडौँका तीनै सहरको तीव्र विस्तारसँगै धुलो र हिलो बाह्रमासे विषय बनिरहेको थियो, अब यसमा अर्को हिलो थपिएको छ– हिलो वर्षा ! आकाशबाट पनि हिलो नै वर्षिन थालेपछि सर्वसाधारणको मनमा आतंक सिर्जना भएको छ ।

धुलो त के कारणले, कहिले, किन कसरी आयो यतिधेरै दिनसम्म बताउन सकेको देखिँदैन भने रेडियोधर्मी विकिरणहरू छिमेकी भारत र चीनका आणविक भट्टिबाट चुहिएर नेपालमा आयो भने मर्नु बाहेक नेपालीसँगबच्ने उपाय केही देखिएन । किनभने, त्यो आएको पत्तो लगाउने क्षमता नै उच्च अध्ययन गरेका, देशविदेश डुलेका, तलब भत्ता खाने नेपाली वैज्ञानिकहरूसँगरहेनछ । धुलो र धुवाँ छुट्याउने क्षमतासम्म नभएका वैज्ञानिकबाट धुलोको कणमा के कस्ता पदार्थ वा रसायन थिए थाहा पाउन सकिने कुरा भएन ।

पृथ्वी एउटा, राज्यका सीमा मानव निर्मित । हावा–पानीका गम्भीर समस्या आपसमा अन्तरनिर्भर छन् ।
 

जलवायु परिवर्तन भयो भन्नेहरूलाई यो वर्ष प्रकृतिले गतिलो जवाफ दिइरहेकाले हुनुपर्छ न जलवायु परिवर्तनको चर्चा उति सुनिइरहेको थियो नत मौसम परिवर्तनकै ।किनभने फागुनदेखि नै यो वर्ष पानी परिरहेको छ । त्यसैले गएका वर्षहरूमा जस्तो यसपालिन हिमालमा हिउँ पग्लिरहेको बहस भइरहेको थियो नत पहाड, चुरे, तराईमा देखिएका प्राकृतिक विपत्ति नै छलफलको विषय बनिरहेको थियो !

तर असारको पहिलो सातादेखि नै नयाँ विषय बहसमा आएको छ, हिलो वर्षा ! सुन्दा पनि पत्यारै नलाग्ने र अचम्मको पोको बनेर आएको हिलो वर्षा किन भयो ? यसको कारण के हो ? यसको प्रभाव मानव स्वास्थ्य, जीवजन्तु, खेतीपाती र वन जंगलमा के पर्छ ? पानीका स्रोतहरू अब के हुन्छन् ? त्यहाँ बस्ने जलचरलाई के हुन्छ ?

असार २ गते बिहान उठेर छानोबाट झरेको बलेसीको पानी गमलामा हुर्काइएका बिरुवाहरूमा हाल्ने क्रममा झसंग भएँ । ड्रममा जमेको पानीको रङ त पोखराको सेती नदीको जस्तो सेतो पो छ ! जब कि आकाशवाट परेको पानी राजधानीका धाराहरूमा आउने पानी भन्दा पनि संग्लो र सफा हुनेगथ्र्यो ।

किन यस्तो भयो भन्ने मनमनै सोच्दै गमलामा त्यही हालिरहेँ । राती तीनचार झर पानी परेको थियो । बिरुवाका पातमा आँखा परे, झन् छक्क पार्ने कुरा देखियो । त्यो के भने हिउँदमा पहिलो झर हल्का पानी परेपछि वर्षाले बगाउन नसकेर पातमा रहेको धुलो हिलो भए जस्तो मुसलधारे पानी परेको भोलिपल्ट देखिन्छ बा ! पहिलो झरीपछि बास्ना आउने धुलोको गन्ध आइरहेछ तर अलि अर्कैखालको ।

बोटबिरुवामा जमेको धुलोमैलो चैत, वैशाख र जेठ महिनाको निरन्तरको झरीले पखालेर हरियो र चिल्ला पात बनाइसकेको थियो । यतिधेरै धुलो र हिलो कहाँबाट आयो ? भुइँतिर हेरेँ, निकास बन्द भएर पानी जमेको ठाउँमा हिलो जमेको जस्तो छ जबकि आँगनको निकास कहीँकतै बन्द भएको छैन । सागपातका पातहरूत हिलाम्मे छन् । भयो के त ?यस्तो हिलो कहाँबाट आयो ?

जलवायुविद्हरूकोे खोजी गरेँ, उनीहरूले जिब्रो चपाई चपाई भने, भारतको राजस्थानबाट आएको धुलोको आँधीका कारण हिलो वर्षा भएको हो ! विद्को कुरो अलि हजम भएन, सोधेँ आँधी कहिले आयो र ?हुरी, बतास र आँधी नै नआई कसरी आकाशको धुलो हिलो बनेर देशव्यापी हिलोको वर्षा भयो ? मरुभूमिमा त बालुवा हुन्छ तर उडेर आएको त बालुवा होइन, धुलो हो ।

धान रोप्ने बेलामा पानी नपर्ने तर पम्पले पानी तानेर रोपिएको धान काट्ने समयमा अत्यधिक वर्षाले दुःख दिने दिन बढेका छन् । जैविक विविधता संकटमा पर्न थालेको छ । हरेक दिन राजधानी काठमाडौँमा जति सवारीसाधन चल्न थालेका छन्, तिनले दैनिक खाने करोडौँ लिटर डिजल, पेट्रोल जलेको धुवाँ कहाँ जान्छ ?
 

यो कहाँबाट र कसरी आयो ? यसको प्रभाव के के हुन्छ ?उनले भने तपाईंका सबै सवालको जवाफ दिन त म पनि सक्दिनँ तर अहिलेसम्मको हाम्रो निष्कर्ष हो– नेपालको आकाशको धेरैमाथि राजस्थानी धुलोका कण उडेर आएको छ, त्यही धुलो आकाशबाट पानी पर्दा भिज्यो र जमिनमा पानीसँगै झरेको हो ।

विषयविद्का कुरा नपत्याऊँ भने पनि आफूसँग जवाफ दिनसक्ने वैज्ञानिक ज्ञान र तर्क थिएन । मन नलागी नलागी चुप लागेर बसिरहँदा मौसम पूर्वानुमान महाशाखाका विद्को भनाइ आयो । उनले भने, पश्चिमी वायुका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेपछि पश्चिम नेपाल हुँदै काठमाडौँ लगायत मध्य पहाडी भेगमात्र होइन, दक्षिणतिरका भूभागमा पनि धमिलो वर्षाले सडक मात्र होइन, पूरै भूमिलाई हिलाम्मे बनाएको हो ।

उनले चेतावनी दिँदै भने, यस्तो वर्षाको बेलामा भिज्नु हुँदैन । स्वाभाविक प्रश्न उठ्यो, किन ? उनी वैज्ञानिकले जसरी जवाफ दिँदै भन्न थाले–धुलोमा क्यान्सरजन्य पदार्थहरू मिसिएकाले यस्तो झरीमा रुझ्नु हुँदैन । यस्तो पानीमा भिज्दा तुरुन्तै एलर्जी हुनसक्छ । रुघाखोकीको लक्षण देखिइहाल्छ र भिज्ने व्यक्ति दीर्घरोगी बन्न सक्छ ।

विषयविद्का कुराले उद्वेलित नै बनाइरह्यो । वातावरण मन्त्रालय, नास्ट, इसिमोड र आफूलाई वैज्ञानिक भनेर दाबा गर्ने पानीमरुवाहरू त्यही धुलोमा लपेटिए कि के हो, तिनको कहीँकतै चालचुल देखिएन । नत बोलेकै सुनियो । अनि केही नलागेर आफैँसँगभएको उपाय अपनाउनुको विकल्प नै रहेन । किन यी सेता हात्तीको मुख ताक्ने भनेर इन्टरनेट ताक्न थालेँ । हिलो वर्षाबारे खोजी गर्न थालेँ ।

पश्चिम दक्षिणी एसियाको भूमध्यसागरीय क्षेत्रमा एसियाली धुलोका कारण हिलो वर्षा, रातो वा रंगीन वर्षा हुने गर्छ । यो धुलोको सम्बन्ध उत्तरी अफ्रिकाको वायुसँगपनि रहेको हुन्छ ।

गुगलमा खोज्दै जाँदा पृथ्वीको एकक्षेत्रको अर्को क्षेत्रसँग धुलोको साइनो जोडिँदै गयो । सहारा मरुभूमिदेखि मोरक्को, एल्लास पहाड, मध्य अल्जेरिया हुँदै अन्य फुच्चेफाच्चे मरुभूमि वा भूमिबाट उडेको वायुको मिलन आकाशमा हुने रहेछ । मिलेपछि त्यो अझै शक्तिशाली बन्दै उडेर विश्वव्यापी हुने अचम्मको जानकारी पनि भेटियो । त्यही धुलोलाई जताजता हावा बह्यो त्यतैत्यतै हावाले उडाएर लैजाने । पानी पर्नका लागि उड्ने बादल र हावाले त्यसलाई झन् छिटो विश्वव्यापी बनाउने रहेछन् । तर धमिलो वर्षा भूमध्यसागरीय जलाधार क्षेत्रमा भने सन् १९९० देखि लगातार बढिरहेको तथ्यांक जलवायुविदह्रूले संकलन गर्दै व्यापक अध्ययन गरिरहेका रहेछन् ।

हिलो वर्षाले अफ्रिका र एसियालाई मात्र होइन, अमेरिकी महादेशमा पनि कम्ती पिरोलेको रहेनछ ! उत्तरी अमेरिकाको टेक्सास वा एरिजोनामा बढी पर्ने हिलो वर्षामा एसिड (अल्कालाइन) बढी मात्रामा हुने रहेछ । जसले जीवजन्तु मात्र होइन, वनस्पतिलाई पनि क्षति पु¥याउदो रहेछ । त्यसबाहेक वैज्ञानिकहरूले गरेको गहिरो अध्ययनमा धुलोका ठूला कणहरूमा सल्फेट, समुद्री नुन अर्थात् सोडियम, क्लोरिन र म्याग्नेसियमलगायतका अन्य रसायनहरू भएकाले धमिलो वर्षा वा हिलो वर्षा स्वास्थ्यका लागि ज्यादै हानिकारक रहेको निष्कर्ष निकालेका रहेछन् ।

वैज्ञानिकहरूको भनाइ छ, कतै धुलो वर्षा वा हिलो वर्षा वा रक्त वर्षा भनिने यो हिले पानीको हानिकारक पक्ष के भने यो जुन जुन क्षेत्र पार गर्दै आउँछ, त्यहाँ भएका परमाणु वा हानिकारक रसायन वा जीवाणुधुलोको माध्यमबाट बोकेर आउँछ । जहाँजहाँ पुग्छ, ती विषालु पदार्थले पृथ्वीको सतहलाई ढाक्दै जान्छ । जब जीव, जन्तु र वनस्पति त्यस्ता विषालु पदार्थको संसर्गमा आउँछन् ती स्वयं विषालु बन्छन् । ज्यादै हानिकारक पदार्थबाट स्वच्छ रहेका क्षेत्र पनि प्रदूषित बन्न थाल्छन् ।त्यसैले वातावरण प्रदूषण र जलवायु परिवर्तन अभिन्न रूपमा जोडिएका विषय हुन् । झट्ट हेर्दा नेपालमा यो विषयलाई एनजिओहरूले डलर पचाउन भ्रम फैलाइरहेको मात्र मानिन्थ्यो ।

त्यसैले यो वास्तविकता नभएको आरोप पनि लगाइन्थ्यो । तर जलवायु परिवर्तनमा केही वास्तविकता रहेको अहिले आएर प्रमाणित नै भएको छ । पृथ्वी एउटै छ र राज्यका सीमाहरू मानव निर्मित भए पनि ती एकअर्कामा अभिन्न रूपमा जोडिएका मात्र होइनन् अन्तरनिर्भर पनि रहेका छन् । भनौँन, चीनको पानी उत्तरतिरबाट नेपालमा आउँछ, नेपालबाट भारतमा जान्छ, भारतबाट बंगलादेशमा जान्छ र बंगलादेशबाट हिन्दमहासागरमा मिसिन्छ । चीनदेखि बंगलादेशसम्मका बोर्डरले त्यो बगिरहेको पानीमा न पासपोर्ट, नत भिसा केही लगाउन सकेको छैनन् ! न त नेपालका हिमालयमा पर्ने हिउँलाई नै भारतले रोक लगाउन सकेको छ । किनभने, प्रकृतिको अन्तरनिर्भरतालाई राज्यले रोक लगाउन सक्दैनन् !

यो कुरालाई बुझ्न नेपालमा भएको सार्क सम्मेलनमा दक्षिण एसियाका राष्ट्र र सरकार प्रमुखहरूको प्रसंगले सजिलो पार्छ । भारतका प्रधानमन्त्री राजीव गान्धीले विश्वमा भइरहेको तापक्रम वृद्धिले समुद्र तट भएका राज्यहरूमा समुद्री सतह पग्लेर डुबाउन थालेको, नयाँ रोगहरूको प्रकोप बढिरहेको, जीव र वनस्पतिहरू आफू सुहाउँदो तापक्रम र वातावरण खोज्दै माथिमाथि सरिरहेको, नयाँ वनमारा झार र किराफट्यांग्रा बढिरहेका र रैथाने जीवहरू मासिँदै गइरहेको कुरा बोल्दै थिए । त्यति नै बेला डायसमा बसिरहेका नेताहरूलाई नै हेरेर गान्धीले बोलिरहँदा नेपालका राजा मुसुक्क हाँसे ।

राजाको हाँसोलाई राजीव गान्धीले उल्टो बुझेछन् क्यार, उनले भनिहाले–यो समुद्रसँग जोडिएका देशहरूको मात्र समस्या होइन, यो त यस्तो विश्वव्यापी समस्या हो जसको प्रभाव नेपाल जस्तो देशका हिमाल र पानीका स्रोतहरूमा पनि प्रतिकूल प्रभाव पर्छ । विश्व जलवायु परिवर्तनको प्रभाव नेपाल जस्तो देशमा झ्न बढी पर्छ । राजीवले यसो भनिरहँदा नेपाल टेलिभिजनबाट आइरहेको अलिअलि आवाज पनि बन्द भयो र राजकीय प्रज्ञाप्रतिष्ठानको हल नै चकमन्न भएको थियो ।जलवायु परिवर्तन त्यसैले कहाँ पानी प¥यो, कहाँ पानी परेन भन्ने मात्र विषय होइन । यो यति जटिल र डरलाग्दो छ कि विश्वमा विकासका नाउँमा मानिसहरूले गरेका हरेक गतिविधिहरू यससँग जोडिएका छन् ।

हतियारहरूको होडबाजी र तिनको प्रयोग, औद्योगिक विकासका नाउँमा दैनिक करोडौँ टन विशालु धुवाँको निष्काशन, सवारीसाधनहरूमा भइरहेको पेट्रोलियमहरूको अत्यधिक प्रयोग, फोहोरमैला, कृषिमा आधुनिकीकरणका नाउँमा भएका हस्तक्षेप, खेतीमा बढिरहेको विषादीदेखि रासायनिक मलको दुष्प्रभाव, वनजंगलको विनाश, पृथ्वीको गर्भमा रहेको जलभण्डारको जथाभावी प्रयोग, नदीनालाहरूको प्रदूषण, गाईवस्तुहरूको व्यापक पालनबाट उत्पन्न सयौँ हजारौँ कारणले पृथ्वीको तापक्रम हरेक वर्ष बढिरहेको छ । हावा, पानी र तापक्रममा आएको परिवर्तनले बाढी, पहिरो, खडेरी, अतिवृष्टि र अनावृष्टि बढेको छ । यसले खेतीपातीको परम्परागत मूल्यमान्यता पनि बदलिँदै छन् । धान रोप्ने बेलामा पानी नपर्ने तर पम्पले पानी तानेर रोपिएको धान काट्ने समयमा अत्यधिक वर्षाले दुःख दिने दिनहरू बढेका छन् ।

जैविक विविधता संकटमा पर्न थालेको छ । भनौँ न, हरेक दिन राजधानी काठमाडौँमा जति सवारीसाधन चल्न थालेका छन्, तिनले दैनिक करोडौँ लिटर डिजल, पेट्रोल जलेको धुवाँ कहाँ जान्छ ? तिनले उत्पन्न गरेको तातो कहाँ खपत हुन्छ ?पाँच लाख जनसंख्या रहेको राजधानीमा पचास लाख बढी जनसंख्या बस्न थालेपछि तिनले उत्पन्न गरेको मलमुत्र नै कति हुन्छ ? जो सिधै यहाँ वग्ने नदीहरूमा मिसाइएको छ ।

नदीमा जलचर शून्य छन् । तिनले यो उपत्यकालाई बस्न लायक बनाउन गरिरहेको काम कसले गर्छ ?रोगव्याधी र हानिकारक किरा फट्यांग्राहरू भने रात दुई गुणा दिन चार गुणा बढिरहेका छन् । यही अवस्थामा राजधानीमा पहिलो पल्ट हिलो वर्षा सुरु भएको छ । अब भन्नुस्, यसबाट कसरी जोगिने ? यस्तो गम्भीर विषयमा जिम्मेवार रहेको नास्ट, वातावरण मन्त्रालय, इसिमोड लगायतका संस्था ट्वाल्ल परेर बस्नुले तिनको नालायकी पुनः प्रदर्शन भएको छ ।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad