‘विश्व आन्दोलन १९६८’ को याद

बुधबार, ०६ असार २०७५, ०८ : ०७ हरि रोका

वि स्याल फाइट वि स्याल विन
पेरिस–लन्डन– रोम–वर्लिन’

५० वर्षअघि सन् १९६८ मा लन्डनबाट प्रकाशित हुने ब्ल्याक ड्वार्फ नामक म्यागेजिनमा छापिएको यो नारा  ल्किभ गुडवीनले रचना गरेका थिए। सन् १९६८ मा पश्चिम युरोप र अमेरिकामा युवा–विद्यार्थी र मजदूर आन्दोलन छेडिएका बेला साम्राज्यवादका ठूला किल्ला रहेका ‘पेरिस, लन्डन, रोम, बर्लिन’ जित्ने कुरा थिए यी। तर यी चार–किल्ला जित्ने कुरा भने सानो र अपत्यारिलो जस्तो लाग्ने विषयबाट सुरु भएको थियो। पेरिसको पृष्ठभागमा रहेको नानतेरे विश्वविद्यालयको छात्र–छात्रावासमा महिला तथा पुरुष छात्र–छात्रा एकअर्का ठाउँमा आवत्जावत् गर्न रोक लगाउने नयाँ नियमविरुद्ध उठेको थियो। फेब्रुअरी–मार्चको समयमा विद्यार्थीले विश्वविद्यालय प्रशासनसँग यो प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गरिरहेको समयमा चाल्र्स डि.गौलेको युवा तथा खेलकुद मन्त्रीले विश्वविद्यालय भ्रमण गरेका थिए र २३ वर्षीय तत्कालीन बिद्यार्थी नेता डेनियल कोह्न–बेन्डिटलाई ‘यदि तिमीलाई सेक्स्युयल प्रोब्लेम छ भने चिसोपानीमा डुबुल्की लगाउँ’ भन्न पुगे। यसले सम्पूर्ण युवा विद्यार्थीलाई होच्याएको रूपमा लिइयो।

केही दिनपछि मार्च २२ मा केही सय विद्यार्थी भियतनाम युद्धका विरुद्ध प्रदर्शनमा उत्रिए । केहीछिन वर्गीय असमानता तथा कर्मचारीतन्त्र हावी हुने प्रवृत्तिबारे भाषण गर्दै गर्दा एउटा नारा लाग्यो– ‘बुर्जुवा विश्वविद्यालयको विरोध गरौँ ।’ त्यसपछि पेरिसको ल्याटिन क्वार्टर (जो त्यतिबेलाको विद्यार्थी विद्रोहको हब थियो) मा दर्जनौँ मिटिङ भए र आन्दोलन बिस्तारै ‘मास मुभमेन्ट’ को स्वरूप लिन पुग्यो । मे २ तारिकका दिन त सरकारसँग प्रत्यक्षरूपमा विद्यार्थीहरूको मुठभेड नै हुन पुग्यो । त्यो साँझ प्रहरीले होस्टेलहरू कब्जा गरे, मारपिट गरे । १०० जना विद्यार्थी घाइते भए भने ५९६ पक्राउ परे । भोलिपल्ट पेरिस विश्वविद्यालय पनि बन्द हुन पुग्यो र विद्यार्थीहरूले अनिश्चितकालीन हड्ताल अह्वान गरे । एकपछि अर्को विश्वविद्यालयमा हड्ताल सुरु भयो । विद्यार्थी र प्रहरीबीच एकपछि अर्को भिडन्त हुँदै गयो । त्यही अनुपातमा घाइते र जेल पर्ने क्रम जारी रह्यो।

दोस्रो दशकको अन्तमा आइपुग्दा धेरै नयाँ कुराको खोजी भइरहेको छ, नयाँ नयाँ प्रयोग पनि भईनै रहेका छन्। नयाँ कलेवरमा नयाँ स्प्रिटमा, नयाँ सोच र नयाँ दिशामा नयाँ परिवर्तनको खोजी भइरहेको देखिन्छ।

त्यसताका फ्रान्समा जेनरल चाल्र्स डि गोयलेको शासन चलिरहेको थियो । र, उनी श्रेणीगत सामाजिक पक्षधरतामा विश्वास गर्थे । जबकि उन्नाइसौँ शताब्दीदेखि नै फ्रान्सको शिक्षा प्रणाली समानतावादी, धर्म निरपेक्ष तथा स्वतन्त्रताको जगमा स्थापित हुन पुगेको थियो । वास्तवमा फ्रान्सेली क्रान्तिको समानता र स्वतन्त्रताको प्रतिविम्ब कँही बाँकी थियो भने शिक्षा प्रणालीमा थियो र डे–गोयलेको सरकार त्यसमा अंकुश लगाएर श्रेणी विभाजनको सिँढी ठड्याउन चाहिरहेको भान हुन्थ्यो।

पृष्ठभूमि
मे आन्दोलन दोस्रो विश्वयुद्धबाट भत्किएको फ्रान्सेली अर्थतन्त्र तथा राज्यप्रशासनको जगमा हुन पुगेको थियो । दोस्रो विश्वयुद्ध लगत्तै पछि ‘गौरवशाली ३० वर्ष’ मा फ्रान्सेली समाज विस्तारै अलोकतान्त्रिक र असमानतातर्फ उन्मुख हुँदै गइरहेको थियो । आर्थिक वृद्धिले गति लिइरहँदा १९५० र ६० को दशकमा कामको समय (वर्किङ आवर) बढाउँदै लगिएको थियो । ६० को मध्यसम्म आइपुग्दा हप्तामा ५० घण्टा माथि काम गर्नुपथ्र्यो । महिला कामदारलाई कम ज्यालामात्र होइन, कार्यस्थलमा गरिने व्यवाहार पनि भद्र थिएन । श्रीमान् वा पिताश्रीको स्वीकृतिबेगर महिला काममा जान सक्तैनथे । समग्रमा राजनीतिकरूपमा फ्रान्सेली आधुनिकीकरण र विकास रुढीवादग्रस्त थियो । आर्थिकरूपमा राज्य निर्देशित, गहन नियमन गरिएको तर प्रभावशाली आर्थिक वृद्धि र औैद्योगिक पुँजीवादले तीव्रता पाएको थियो । नाजी समर्थक भिची शासनको खिलाप लडेका जेनर डि गौले स्वतन्त्रता संग्रामको हिरो तथा चौथो रिपब्लिकको संसदीय राजनीतिक प्रणालीमा उदाएका थिए जसले भियतनाम र अल्जेरियामा खुनी उपनिवेशी लडाइँ सुरु गरेका थिए । यो संसदीय प्रणालीको असफलतासँगै जेनरल चाल्र्स डि गौले १९५८ मा घोर दक्षिणपन्थी तप्का तथा सेनाको सहयोगमा पेरिसको एलिसी प्यालेस भित्रिएका थिए।

नदी किनारा लागेको ढुंंगाझैँ मानिस किनारमा सन्तुष्टिको स्वास लिएर बाँच्न सक्तैन। त्यसैले फेरि फ्रेन्च आन्दोलनका बेला लागेको पुरानो नारा घन्काउने बेला भएको छ– रन कामरेड रन! दि वल्र्ड विहाइन्ड यु। वि रियालिस्टिक, डिमान्ड दि इम्पोसिबल!

यी गौरवशाली तीन दशकमा फ्रान्सेली सरकारले उत्पादन, लगानी, आयात, मूल्य, रोजगारी र ज्याला वृद्धिको नयाँ नीति बनाएर कार्यान्वयन अगाडि सारेको थियो । राज्य नियन्त्रित सार्वजनिक संस्थानहरू, ऋण वितरणमाथि राज्यको नियन्त्रण र खास उद्यम विकासका लागि ‘इन्डिकेटिभ प्लानिङ’ को रणनीति बनाएर खास परियोजनामा लगानीले खास खास औद्योगिकीकरण बृहत्रूपमा हुर्किएको थियो । यसको अर्थ पुँजीवादीहरूको निजी लगानीलाई किनारा लगाउने भन्ने थिएन, बरु सहयोगी नै थियो । तर साना र मझौला निजी उद्यमहरू भने ठूला उद्यमसँगको प्रतिस्पर्धामा हुर्कन नपाइ निमोठिने वातावरण बनेको थियो । त्यो समयमा राज्य र ठूला बिजिनेस हाउसबीच भित्री साँठगाँठ रहेको हल्ला चलेको थियो।

सन् १९५०–६० को दशकमा जेनरल डि.गौली दक्षिणपन्थी सरकारको विकल्पमा कम्युनिस्ट पार्टी बलियोसँग उभिन सफल भएको थियो । सन् १९५० मा कम्युनिस्ट पार्टी अफ फ्रान्सका २ लाख सदस्य थिए । योसँग आबद्ध ट्रेड युनिएन(सिजिटी) मा झण्डै ४० लाख मजदूर आबद्ध थिए । १९५६ मा निकोलाई खु्रस्चेवको ‘सेक्रेट स्पिच’ सार्वजनिक हुन पुग्यो । यस्ले कम्युनिस्ट आन्दोलनमा खासगरी स्टालिनकालमा गरिएको आन्तरिक दमनको खुलेर आलोचना गरिएको थियो । यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमै नकारात्मक असर पार्न सुरु ग¥यो । र, १९५८ हंगेरीमा गरिएको सोभियत हस्तक्षेपको पनि खुलेर आलोचना सुरु भयो । यसको असर धेरै राम्रा र असल ब्यक्तित्वहरू फ्रान्सेली कम्युनिस्ट पार्टीबाट बाहिरिन पुगे । यद्यपि ६० को दशकमा फराकिलो बन्दै गएको शीतयुद्ध, डि.गौले सरकारको घोर कम्युनिस्ट विरोधी रवैयाका कारण फ्रेन्च कम्युनिस्ट पार्टी फेरि बौरियो । सन् १९६८ को सुरुमा भइरहेको विद्यार्थी तथा बौद्धिक असन्तुष्टिलाई कम्युनिस्ट पार्टीले योजनाबिहीन आमूल परिवर्तनकारी युवा (योङ -याडिकल्सहरू) मध्यम वर्गीय असन्तुष्टिका रूपमा बुझेको थियो र अनदेखा गर्ने कोसिस गरिरहेको थियो । तर स्थितिले गम्भीर मोड लिन थालेपछि कम्युनिस्ट पार्टी र अन्य सोसलिस्ट पार्टीले संयुक्तरूपमा जेनरल डि गौलेको शासन व्यवस्थाविरुद्ध धावा बोले।

विश्व आन्दोलन १९६८
विस्तारै यो विश्वव्यापी आन्दोलनमा बदलियो । ९० लाखभन्दा बढी श्रमजीवी मजदूरले आआफ्नो मुलुकमा कही स्थानीय माग उठाएर कहीँ ऐक्यबद्धता जनाएर आन्दोलनमा बृहत्रूपमा भागलिए । लगभग त्यत्तिकै हाराहारीको संख्यामा विद्यार्थीहरू पनि संसारभर आन्दोलित हुन पुगेका थिए । फ्रान्सेली विद्रोह त्यो बेला भड्किएको थियो जुनबेला भियतनाममा अमेरिकी साम्राज्यवाद भियतनामलाई उपनिवेश बनाउन भियतनामविरुद्ध युद्ध थोपरिरहेको थियो । फ्रान्सको चाल्र्स डि गौलेको सरकार अल्जेरियाको उपनिवेश विरोधी लडाइँ दबाउन दुम कसेर लागिरहेको थियो । क्युबाली क्रान्तिपछिको क्युबा समग्र अफ्रिकाको स्वतन्त्रता (खासगरी, द. अफ्रिाका, एंगोला तथा अल्जेरियाको स्वतन्त्रता तथा नश्लभेदी संघर्ष) का लागि ऐक्यबद्धता आन्दोलनमा ज्यान फालेर सघाइरहेको थियो । काला जातिको नागरिक अधिकारका लागि मार्टिन लुथर किंग जुनियरको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा आन्दोलन चलिरहेको थियो । वर्कलेदेखि बर्लिनसम्म विद्यार्थी विद्रोह उठिरहेका थिए । हंगेरी र चेकोस्लोभाकियामा मस्कोको हस्तक्षेपको सर्वत्र विरोध भइरहेको थियो । प्रायः धेरै विद्वानले फ्रान्सेली विद्रोहलाई ‘लोकप्रिय विद्रोह’ बताइरहेको बेला विख्यात समाजशास्त्री इम्यानुयल वालरस्टेनले भने ‘विश्वक्रान्ति’ को संज्ञा दिएका थिए।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटकल साइन्समा प्राध्यापन गरिरहेका जेरोम रुस भन्छन्– ‘लङ १९६८’ दुई अत्यन्त भिन्न ऐतिहासिक परिघटनाको संगम थियो । एकातर्फ औद्योगिक पुँजीवादमार्फत तीस वर्षसम्म अनवरतरूपमा वृद्धि भएको आर्थिक विकास जो दोस्रो विश्वयुद्धपछि लगत्तै सुरु भएको थियो । दोस्रो, औद्योगिक क्रान्तिपछि सुरु भएको भूमण्डलीकृत वित्तीय पुँजीवादको विस्तार जुन लगत्तै १९७३ पछि सुरु हुन पुगेको थियो र जसले विश्वव्यापीरूपमा पुँजीवादी बुर्जुवा शक्तिलाई अझ बढी शक्तिशाली बनाउँदै लैजान सफल भएको थियो ।’ वास्तवमा जेरोम रुसको यो भनाइसँग सहमत हुन सकिन्छ । लाखौँ करोडौँ सहभागिता भएको त्यस्तो आन्दोलन मूलतः शान्तिपूर्ण आन्दोलन त्यसपछि एकमुष्ट र विश्वव्यापीरूपमा भएकै छ भन्दा हुन्छ।

नानतेरे विश्वविद्यालयमै लामो समय प्राध्यापन गरेका तथा ६८’ आन्दोलनका साक्षीसमेत रहेका फ्रान्सेली समाजशास्त्री अलेन ट्युरेनको विश्लेषण अलिक भिन्न देखिन्छ । उनी भन्छन्– विगतका आन्दोलन सिद्धान्ततः आर्थिक (ज्याला वृद्धि, कामको घण्टा घटाउने आदि) तथा भौतिक आवश्यकतासँग बढी जोडिएका हुन्थे तर सन् ६८’ को आन्दोलन विभिन्न मुद्दाको संग्रह जस्तो भएर उठे । जस्तो पहिचान (जातीय, भाषिक, सांस्कृतिक), नागरिक अधिकार (लैंगिक अधिकार, महिला र काला जातिको मताधिकारको स्थापना), आत्म–स्वाभिमान प्राप्तिको अधिकार, यी सबै अधिकारका लागि औद्योगिक मजदूर र विद्यार्थी मध्यम वर्गीय भनेर चिनिने बुद्धिजीवी एकसाथ सडकमा उत्रिएका थिए।

नवउदारवादी प्रतिक्रान्ति
आन्दोलन तुहाउन फ्रान्समा चाल्र्स डि गौलेले जुन ‘६८मा चुनाव घोषणा गरे । सोभियत संघ जस्तै एक पार्टी तानाशाही स्थापित गर्ने फ्रेन्च कम्युनिस्ट पार्टीले यो आन्दोलन निम्त्याएको प्रचार गरे । जसमा अमेरिकी बेलायतीदेखि पश्चिमा सबै पुँजीवादी राष्ट्रका मिडियाकर्मी धुरिए । कम्युनिस्ट पार्टी त्यस दुस्प्रचारको सामना गर्न तयार थिएन । न त सबै विद्रोही कम्युनिस्ट थिए । चुनावी माहौलमा फ्रान्समा आन्दोलन तुहियो र डि गौलेको कन्जरभेटिभ दलले निर्वाचनमा अपार सफलता हाँसिल ग-यो । यद्यपि यो जीत उनको सत्ताको दीर्घायु बढाउने गरी स्थापित हुन सकेन।

दुई वर्ष बित्दा÷नबित्दै ठूला औद्योगिक पुँजीवादी मुलुक आर्थिक मन्दी, मुद्रास्फीति तथा बेरोजगारी (स्ट्याल्फयासन) को मारमा परिसकेका थिए । सन् ६८’ पछि सामाजिक आन्दोलन शक्तिशाली भएर देखा परेका थिए। वामपक्षधर ट्रेड युनियनहरू लोकतान्त्रिक पद्धति भएका मुलुकमा पुनर्वितरणको माग गरिरहेका थिए। यहीबीचमा विचारधारतात्मकरूपमा ‘हार्डलाइनर’ ठानिएका प्राज्ञ, कर्पोरेट मालिकहरूको र राजनीतिज्ञको गठबन्धन तयार हुन पुग्यो र त्यो संरचनाले नया कदम चाल्ने निर्णय ग-यो । सबैभन्दा पहिला चिलेमा साल्भाडोर अलेन्डेको नवनिर्वाचित समाजवादी सरकारविरुद्ध जेनरल पिनोचे नेर्तवमा कु–देता गराइयो । जो सन् ६८’ पछिको पहिलो निर्वाचित अनुभव थियो समाजवादीहरूको । सन् १९७५ मा गठित ट्राइलेटरल कमिसनले ‘दि क्राइसिस अफ डेमोक्रेसी’ नामक रिपोर्ट प्रकाशनमा ल्यायो । जसले पश्चिमा मुलुकहरूमा अवरुद्ध भएको अर्थतन्त्र, द्वन्द्वरत समाज, अधिक प्रजातन्त्रका कारण लगभग चल्नै नसक्नेगरी अवरुद्ध हुन पुगेको राजनीतिक प्रणालीबारे ब्याख्या पस्कियो।

रोनाल्ड रेगन र मार्गरेट थ्याचरले यही रिपोर्टका आधारमा राजनीतिलाई दक्षिणपन्थी ग्रिपमा पार्नेगरी राजनीतिक सुधारका जुना कस्न थाले । सन् १९८० को दशक सुरु हुँदा/नहुँदै समाजवादी र कम्युनिस्टको सहकार्यमा चुनिएका फ्रान्सका फ्रान्स्वा मित्राँले कर्पोरेट पुँजीपतिहरूका साम्ने घुँडा टेक्न पुगे । ८० को दशकको मध्यमा पुग्दा/नपुग्दै नवउदारवादी प्रतिक्रान्ति पूरा भयो । आइएमएफ तथा विश्वबैंंक अन्तर्राष्ट्रिय ऋण संकटको नाममा ‘संरचनागत समायोजन कार्यक्रम’ सबै विकासोन्मुख तथा विकाशशील मुलुकहरूमा थोपरे । पश्चिमा संसारमा नवउदारवादी प्रतिक्रान्तिका ठोस दुई उद्देश्य थिए । पहिलो, यसले संगठित मजदूर आन्दोलनको शक्ति ध्वस्त पार्नु थियो पा¥यो र ६८’ को स्प्रिटमा देखिएको ऐक्यबद्धतालाई व्यक्तिवादमा रूपान्तरण गरिदियो । दोस्रो, ‘पहिचानको राजनीति’, तथा ‘वातावरणीय चेतना’ लाई अग्रगामी राजनीति भन्दै आमरूपमा अराजनीतिक तथा राजनीतिलाई प्राविधिक (टेक्नोक्रयाटिक) तुल्याउने अभियान थाल्यो जसले सामाजवादउन्मुख हुँदै अगाडि बढ्न खोजेको उदार प्रजातन्त्रलाई पुँजीवादी अर्थतन्त्र स्याहार्ने ‘टुल’ रूपमा प्रयोग गरिदियो।

नवउदारवादी प्रतिक्रान्तिले आर्थिक संकट टार्न तीनवटा फिक्स अर्थात ‘थ्रि–फिक्सेस’ व्यवस्थित ग¥यो । पहिलो अन्तर्राष्ट्रिय व्यापार विस्तार र वित्तीय व्यवस्थापनका लागि सूचना तथा सञ्चार प्रविधिमार्फत विस्तार ‘टेक्नोलोजिकल फिक्स’ । दोस्रो ‘क्षेत्रगत फिक्स (स्पाटियल फिक्स) ।’ प्रविधि हस्तान्तरण भनेर निश्चित रणनीतिक हिसावले सहयोगी हुन सक्ने मुलुकहरूमा औद्योगिक तथा पुँजी प्रवाह गर्ने व्यवस्था । खासगरी पूर्वी एशिया तथा ल्याटिन अमेरिकी मुलुकहरूमा । र, तेस्रो वित्तीय फिक्स ‘फिनान्सिएल फिक्स’ खासगरी घर परिवार, फर्मस तथा सरकारसँग रहेको क्रेडिट मार्केटमाथि हावी हुनेगरी अन्तर्राष्ट्रिय वित्तीय पुँजीको नियमनबिहीन आवत्जावत्को व्यवस्था । यो चलखेल सस्तो ब्याजदर, अवरुद्ध रहेको ज्याला वृद्धि, घट्दो नाफाको मात्रा बढाउने र सीमित हुँदै गएको कर राजश्व वृद्धि गर्न कारगर सावित हुन्छ भन्ने नाममा खुला आवगमन स्वीकार गर्ने विश्वव्यापी वातावरण मिलाइयो । पुँजीवादको संकटलाई अल्पकालीन समयमा भरिपूर्ति गर्न यसले सहयोग नै पु-यायो । राजनीतिज्ञहरूलाई लोकप्रिय पनि बनाइदियो । सन् १९९० मा सोभियत संघको पतनसँगै राज्य पुँजीवादको पतनपछि ‘इतिहासको अन्त’ को नारा लगाइयो। विगतका सेन्टर लेफ्ट पार्टीहरू, समाजवादी प्रजातान्त्रिकहरू रातारात दक्षिणपन्थी समुन्द्रमै हेलिए। त्यसलाई ब्लेयर–क्लिन्टनहरूले ‘थर्ड–वे’ को संज्ञा दिए र लामो समयसम्म विश्वको मूलभूत राजनीतिले ‘अराजनीतिक’ बाटो हिँडिरह्यो । तर बिस्तारै बिस्तारै बितेका यी ५ दशकमा मुलुकहरूमा सार्वभौम ऋणको थुप्रो लाग्दै गयो । आमरूपमा बेरोजगारी, असमानता र भोकमरी बढ्दै गयो । र, प्रणालीभित्रै लोकप्रिय–निराशा उत्पादन हुँदै गयो।

वर्तमानको पुँजीवादी संकट र विकल्प
सन् २००८/०९ को विश्वव्यापी मन्दीयता व्श्विव्यापीरूपमा असमानताको बिस्तार असामान्यरूपमा वृद्धि हुँदै गइरहेको छ । युवा बेरोजगारको संख्या बढ्दो छ । खाद्यान्न, शिक्षा, स्वास्थ्य महंँगिदै गएका छन् र जीवन पद्धतिमा असहजता थुप्रँदै गइरहेको छ । त्यसैले असन्तुष्टि र विद्रोह देखा परिरहेका छन् । घनघोर पुँजीवादी छापा (जस्तो– दि इकोनोमिस्ट, टाइम्स वा वासिंटन पोस्ट) हरू पनि मे ५ मा माक्र्सको दुई सय वर्षे जन्मोत्सवमा सम्झन बाध्य भएझैँँ देखिन्छन् । यो लामो अन्तरालमा वर्गीय विभेद, सामाजिक सम्बन्धमा धेरै अप्ठ्यारा छन् । अहिले पनि धनी र गरिब देशबीचको सम्बन्ध अप्ठ्यारो छ, अहिले पनि धनी र गरिब नागरिकबीचको असमानताले झन् धेरै अप्ठ्याराहरू खडा गरेको छ । अहिले पनि साहू र आसामीबीच, कृषक र जमिन्दारबीच, करदाता र वित्तीय व्यवस्थापकहरूबीच अत्यन्त अप्ठ्यारा सम्बन्ध छन् । अहिले पनि सामाजिक तथा लैंगिक भेदभाव बकरार देखिन्छन् । यसले गर्दा संसारव्यापीरूपमा नयाँ सामाजिक व्यवस्थाको खोजी भइरहेको देखिन्छ।

हामी सबैलाई थाहा छ, न सन् १७’ दोहोरिन्छ न त सन ६८’ नै दोहोरिने संभावना छ । एक्काइसौँ शताब्दीको यो दोस्रो दशकको अन्तमा आइपुग्दा धेरै नयाँ कुराको खोजी भइरहेको छ, नयाँ नयाँ प्रयोग पनि भईनै रहेका छन् । नयाँ कलेवरमा नयाँ स्प्रिटमा, नयाँ सोच र नयाँ दिशामा नयाँ परिवर्तनको खोजी भइरहेको देखिन्छ । यद्यपि सन् १९६८ को विश्व क्रान्ति (मिश्रणयुक्त सहभागिताको माग) को छायाँभन्दा बाहिर सफलताको विकल्प देखिएको छैन । समृद्धि र विकास नाराले जोड पक्डिएको नेपालमा कसको समृद्धि ? कसको विकास? भन्ने विषयचाहिँ अलमलमा देखिएको छ । नदी किनारा लागेको ढुंंगाझैँ मानिस किनारमा सन्तुष्टिको स्वास लिएर बाँच्न सक्तैन । त्यसैले फेरि फ्रेन्च आन्दोलनका बेला लागेको पुरानो नारा घन्काउने बेला भएको छ– रन कामरेड रन ! दि वल्र्ड विहाइन्ड यु । वि रियालिस्टिक, डिमान्ड दि इम्पोसिबल!





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad