१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा स्याउ खेती : क्षेत्रफल बढ्दै, उत्पादन घट्दै

स्याउ खेती जुम्ला।    तस्बिर : डिबी/नागरिक

जुम्ला – जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।  जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार पाँच वर्षमा ४० प्रतिशत स्याउको क्षेत्रफल बढेको छ। तर क्षेत्रफल अनुसार स्याउको उत्पादन हुन सकेको छैन। कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत वालकराम देवकोटाले  अहिले ३३ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको छ। 

१२ हजार घरधुरीमा १४ हजार ५ सय बगैचा छन तर वर्षेनी स्याउको गुणस्तरका कमी हुनुका साथै उत्पादनमा ह्रास आउन थालेपछि किसान चिन्तित बनेका छन्। रोग किराको संक्रमण, गर्मी बढ्नु, खडेरी लाग्नु देखि असिनापानी र हावाहुरीका कारण स्याउले चाहेजतिको फल दिन सकेको छैन।  

चालू आर्थिक वर्षमा  ५ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन गर्ने अनुमान गरिएकोमा ४ हजार १ सय मेट्रिकटन स्याउ मात्रै उत्पादन भएको थियो। आगामी वर्षमा गत वर्षको तुलनामा थप एक हजार हेक्टर लगाइएको स्याउले फल दिँदैछ। ८ हजार मेट्रिकटन स्याउको उत्पादन हुने प्रक्षेपण गरिएकोमा ७ हजार मेट्रिकटन स्याउ उत्पादन हुने कृषि कार्यालय जुम्लाले जानकारी दिएको छ। 

यो वर्ष पनि स्याउको उत्पादन घट्दैछन। प्रत्येक वर्ष उत्पादन घट्दो छ, योजना अधिकृत देवकोटाले भने, स्याउ खेतीमा किसानको लगाब बढ्नु पर्ने देखिन्छ। उनका अनुसार अनपातारासी गाउँपालिका, लगायतका दक्षिण मोहडामा फर्केका बगैचामा स्याउ कम फलेको छ। लाईकिराको प्रकोप, असिना, खडेरी, गवारो किराको संक्रमण र गर्मीका कारण स्याउको उत्पादन कम हुँदै गएको उनको भनाई छ।  

जिल्लाको एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा स्याउको उत्पादन  आएको छ ।  स्थानीय रुपमा उत्पादन भएका स्याउका बिरुवा लगाइन्छ। हिँउदका ३ महिनामा गोडमेल, काटछाट र सिंचाईको व्यवस्था राम्रो गर्न सकेमा स्याउबाट अपेक्षित उपलब्धी हासिल गर्न सकिने कृषि विज्ञ बताउछन्।

स्याउ बगैचा भित्र कोसेबाली लगाउनको लागि सुझाव दिए।  कोसेबाली बार बन्देज बनाउनु पर्नेमा जोड दिए। क्षेत्रफल बढेपछि गुणस्तर कम छ। स्याउको स्टोर गर्ने क्षमता छैन। लामो समयसम्म राख्नु पर्दा कुहिने डर हुन्छ। सडक बिस्तार नभएकोले ढुवानीका साधन स्याउ टिप्ने समयका कारण पनि उत्पादन कम फल्छ। स्याउका बिरुवामा आत्मनिर्भर छौ। 

जुम्लाले एक घर एक बगैचाको अवधारणा अघि सारेपछि स्याउ बगैचा लगाउनेको होडवाजी नै चलेको छ। अधिकांश किसानको बगैचामा स्टोर नहुँदा स्याउ कुहिन्छ।  यहाँ उत्पादित स्याउ सुर्खेत, नेपालगंज, कोहलपुर, काठमाडाैं, बुटवल, दाङ र नारायणघाटको शहर सम्म पुग्छ। प्रतिकेजी ७० रुपैयाँ मुल्य हालेर व्यापारीले स्याउ खरिद गर्छन। 

प्रकाशित: ५ असार २०७५ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App