सरसफाइको पर्व सिथि नखः

मङ्गलबार, ०५ असार २०७५, ०९ : ५६ रेणु त्वानाबासु

199


नेवारका धेरै चाडपर्वमध्ये एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि (यो वर्ष असार ५ गते) मा सिथि नखः मनाइन्छ ।

लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।

चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ ।त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने चलन छ।

सिथि नखः पर्वलाई नेवार समुदायले मनाउने वर्षको अन्तिम पर्व मानिएको छ । यसपछि अर्काे पर्वका रूपमा घण्टाकर्ण आउने गर्छ । सिथि नखः पर्व आएपछि असार अर्थात् रोपाइँ सुरु भयो भन्ने मान्यता छ । यसै रोपाइँका लागि शरीर बलियो होस् भनी दालहान पकवान खाने गरेको मान्यता पनि छ।

पहिला पहिला घरघरमा धारा नभएको बेला यही कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी प्रयोग गर्ने गरिन्थ्यो । पछि घरघरमा धारा आएपछि यसको प्रयोग कम हुन गएको थियो । तर पछिल्लो केही समयदखि फेरि यसको महत्व बढेको छ । मान्छेको चापसँगै खानेपानीको समस्या पर्न थालेपछि फेरि इनार, कुवा, ढुंगेधारा र पोखरीको पानी सञ्चालन गर्न थालेका छन्।

एक अध्ययनले उपत्यकामा दुई सय ३३ वटा परम्परागत ढुंगेधारा अझै चालु रहेको र १ सय ५६ लोप भइसकेको देखाएको छ । परम्परागत इनारहरू ललितपुरमा ३ सय ८८, मध्यपुर थिमीमा ९८ र भक्तपुरमा मात्रै ३ सय ९८ रहेको तथ्यांक छ।

सिथि नखः लिच्छविकालदेखि नै पानीको मुहान, ढुंगेधारा, इनार, घर, चोक, नालीको सरसफाइ गर्ने पर्वका रूपमा विकास भएको देखिन्छ । खानेपानीका स्रोतको संरक्षण तथा सरसफाइमा मौलिक परम्परा र संस्कृतिको पुनःस्थापना हुन्छ । यसले युवावर्गलाई सांस्कृतिक मान्यताबारे सचेत गराउनुका साथै पानी र सरसफाइको महत्व पनि बोध गराउँछ।

सन् १८९१ मा वीरशमशेरले पाइप लाइनबाट पानी अपूर्ति गर्ने वीरधारा ल्याउनुभन्दा अगाडिसम्म उपत्यकाको सम्पूर्ण पानी आपूर्ति ढुंङ्गेधारा, इनार, कुवा, खोला आदिबाट हुँदैआएको थियो । ढुङ्गेधाराबाट दिनरात बग्ने पानी खेर जान नदिन ढलको व्यवस्था, यसको दायाँ बायाँ खाल्डो बनाएर जमिनमा पानी जम्मा गर्ने र नजिकै इनार खनेर पानी सुरक्षित गरिराख्ने प्रविधि पनि यहाँका आदिवासीले प्राचीन कालदेखि नै प्रयोगमा ल्याइसकेका थिए । यस प्रविधिले उपत्यकामा चाहिने पानीको सजिलै आपूर्ति भइरहेको थियो।

काठमाडौँ सहरमा घरपिच्छे बनाइएका इनारको त लेखाजोखै छैन । तर सहरका गरिबको खानेपानीको समस्या भने निकै विकराल छ । उपत्यकाका भित्री सहरी र पुराना बस्तीमा सहरी गरिबको बसोबास बाक्लो छ । यी क्षेत्रमा परम्परागत ढुंगेधारा प्रणाली र सय वर्षभन्दा पुराना इनार खानेपानीका मुख्य स्रोत हुन ।

तर, नगरपालिकाहरूको अपर्याप्त संरक्षण प्रयास र सरकारको स्पष्ट नीतिको अभावका कारण यस्तो प्रणाली अतिक्रमित र विखण्डित भइरहेको छ । हुन त समयसँगै यो पर्व र यसको महत्व लोप हुँदै गएको अनुभव हुन थालेको छ । यस्तो सांस्कृतिक एवं मौलिक परम्पराको महत्वलाई नबुझेर यसलाई ओझेलमा पार्न थालिएको छ । पाइपबाट पानी वितरण गर्ने चलन बढेपछि यस परम्परालाई बेवास्ता गरिएकाले नै अहिले परम्परागत पानीको स्रोत लोप हुँदै गएको हो । विकासको नाममा अव्यवस्थित सहरीकरण बढेपछि यस्ता पर्व र परम्परा भोजमा सीमित भएका छन्।

हरेक वर्ष विभिन्न संस्कृति मान्ने हजारौँ मानिस अवसर खोज्न बसाइँ आउने भएकाले काठमाडौँ उपत्यका अब थरीथरीका संस्कृति र मान्यता बोकेको मानिसको थलो बनेको छ । त्यसैले अहिले काठमाडौँवासीलाई सिथि नखःबारे बुझाउन झन् कठिन र चुनौतीपूर्ण बन्दै गइरहेको छ।सांस्कृतिक महत्वका साथै जलस्रोतको संरक्षण गरेर समुदायलाई स्वच्छ पानी पुयाउने पर्वका रूपमा पनि सिथी नखःलाई लिइन्छ ।

त्यसैले नेवार समुदायले मात्रै होइन, देशैभरमा सबै जातजातिले यो पर्व मनाउन सुरु गरेको देखिन्छ । सरकारले सिथि नखःको सन्दर्भमा राष्ट्रिय सरसफाइ सप्ताहको घोषणा पनि गरिसकेको छ । अब यस दिनलाई राष्ट्रिय जल संरक्षण तथा सरसफाइ दिवसको मान्यता दिनु आवश्यक छ । त्यसो भएमा नयाँ पुस्ताले पनि यस पर्वलाई आफ्नो जीवनशैलीका रूपमा निरन्तरता दिनेछन् ।

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...