१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको खराब प्रदर्शन जारी

काठमाडौं- नेपाल ४२औं चेस ओलम्पियाडको दोस्रो चरणमा पनि पराजित भएको छ। अजरबैजानको बाकुमा जारी प्रतियोगितामा वरियताक्रमको १ सय १४ औं स्थानमा रहेको नेपालको पुरुष, महिला दुवै टोली पराजित भएका छन्।

नेपाली पुरुष टोली निकारागुवासँग र महिला टोली पोर्चुगलसँग समान ३–१ ले पराजित भयो। नेपालका लागि पुरुषतर्फ फिडे मास्टर विलमलाल श्रेष्ठ र महिलामा शान्ता थापाले आ–आफ्नो खेल जिते। वरियताक्रममा निकारागुवा १ सय २ औं स्थानमा छ।

आइतबार नेपालका लागि एकमात्र जित दिलाउने क्रममा २०१३ रेटेड विलमलालले फिडे मास्टर २१८८ रेटेड अल्फारो विलियमलाई हराएका थिए।

दोस्रो बोर्डमा खेलेका २०७१ रेटेड भुपेन्द्र निरौला  फिडे मास्टर २१७५ पिनेता जोसेसंग जितको नजिक पुगेर हारे। त्यस्तै चौथो बोर्डमा खेलेका २०१३ रेटेड क्षितिज भन्डारीलाई २२१९ रेटेड ओर्तिज मार्कोसले ३६ औं चालमा निरास पारे।

त्यसैगरी नेपाल च्याम्पियन सिन्दिरा जोशीको प्रदर्शन दोस्रो दिन पनि खराब रह्यो। उनी फिडे मास्टर अन्ना फिलिप बतिस्तासंग ३९ औं चालमा पराजित भइन्। अस्मिता अधिकारी मार्गिड काम्ब्रा तथा मोनालिसा खम्बु  रिता मारीयोसँग पराजित भइन।

नेपालले तेस्रो चरणअन्तर्गत पुरुषतर्फ युएस भर्जिन आइसलेस र महिला टोलीले स्वीट्जरल्यान्डको सामना गर्नेछ।

प्रकाशित: २० भाद्र २०७३ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App