१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख नेपाल आउँदै

काठमाडौं– पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुबिर मोहम्मद ह्यात नेपाल भ्रमणमा आउने भएका छन्। 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा सोमबार ५ दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्। 

भ्रमणका क्रममा उनले प्रधानसेनापति क्षत्रीसहित उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै, पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको अवलोकन गर्नेछन्। 

यो भ्रमणले नेपाली सेना र पाकिस्तानी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट मजबूत बनाउनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: ३ असार २०७५ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App