१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी

सानफ्रान्सिस्को– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् । 

अमेरिकाको सानफ्रान्सिस्कोमा गैरआवासीय नेपाली संघ अमेरिकाज्ले आयोजना गरेको बौद्धिक सम्मेलनको उद्घाटन गर्दै उनले संविधानमा लेखिएअनुसार दोहोरो नागरिकता काननु बन्ने र सरकारलाई त्यस विषय कुनै दुविधा नभएको प्रष्ट पारे । 

संघीय मामिला तथा प्रशासनमन्त्री लालबाबु पण्डितको विवादास्पद भनाइका विषयमा प्रश्न उठेपछि मन्त्री अधिकारीले त्यसको जवाफ दिएका थिए । उनले सरकार गैरआवासीय नेपालीको अधिकारका साथै सहकार्य गरेर मुलुकको समुन्नतिका लागि हातेमालो गर्ने बताए । उनले विदेशमा सिकेको रेमिट्यान्समात्रै नभएर सीप, दक्षता र लगानी भित्र्याउन सरकार आतुर रहेको बताए । 

विज्ञ भेला निकै प्रभावकारी भएको बताउँदै उनले त्यसबाट आउने निचोडलाई सरकारले पूर्णरुपमा समर्थन गर्ने बताए । ‘प्रवासको सीप, क्षमता र प्रविधि भित्र्याउन जस्तोसुकै बाधा अड्चन पार गरेर गैरआवासीय नेपाली संघसँग हातेमालो गर्न सरकार तयार छ,’ उनले भने । 
पूर्व अर्थमन्त्रि प्रकाशचन्द्र लोहोनीले संसारभरिबाट नेपाल भित्रने जीडीपीको ३१ प्रातिशत हिस्सा अर्थात् सात विलियन डलर नेपाल सरकारको लागि लाइफ लाइन भएको बताउँदै वर्तमान सरकारले यसपालीको बजेटमा गैरआवासीय नेपालीको नामसमेत नलिएर अपमान गरेको दाबी गरे ।

प्रकाशित: ३ असार २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App