प्रदेश १ को बजेट पूर्वाधारमा केन्द्रित

शुक्रबार, ०१ असार २०७५, १८ : ५१ विनोद सुवेदी

विराटनगर-  प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले आगामि आर्थिक वर्ष ०७५/७६ का लागि  प्रदेश सरकारले ल्याएको बजेट सार्वजनिक गरेका हुन्।

जसमा चालुतर्फ १४ अर्ब ९२ करोड १८ लाख ४१.५ प्रतिशत , पूँजीगतर्फ १८ अर्ब ५० करोड ९२ लाख ५१.५ प्रतिशत र अन्तरसरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख ७ प्रतिशत बजेट विनियोजन गरेको छ। राजस्वबाट ३ अर्ब ६६ करोड ७८ लाख, अनुदानबाट २२ अर्ब ८८ करोड ७० लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब १८ करोड ११ लाख, चालु आर्थिक वर्षको नगद मौज्दात करिब २० करोड रहने पूर्व अनुमान रहेको छ।

आवास तथा भौतिक पूर्वाधारमा सबै भन्दा बढी ९ अर्ब ५० करोड बजेट विनियोजना गरिएको छ । यस्तै कृषिका लागि ८५ करोड,पर्यटनका लागि ८९ करोड, जलस्रोत र उर्जाका लागि ७१ करोड रुपैया“ बजेट विनियोजन गरिएको छ। उद्योग क्षेत्रका लागि १ अर्ब २० करोड,शिक्षा क्षेत्रका लागि १ अर्ब ३५ करोड, स्वास्थ्यका लागि १ अर्ब ४४ करोड, युवा तथा खेलकुदका लागि ४३ करोड, वन वातावरण र खानेपानीका लागि २ अर्ब ७४ करोड विनियोजन गरिएको छ। यस्तै सुरक्षा, सामाजिक न्याय,सद्भाव, संस्कृति र एकताका लागि १ अर्ब २९ करोड विनियोजन गरिएको आङ्वोले जानकारी दिए।

      








यसमा तपाईको मत

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad