वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

शुक्रबार, ०१ असार २०७५, १२ : ५९ नागरिक

काठमाडौं- भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा गरिएको छ। लाङटाङ सद्भावना दूत अशोक सिलवालको आयोजनामा राजधानीमा सम्पन्न सो कार्यक्रममा सिलवालले उनी निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ्’ शीर्षकका दुई वृत्तचित्र प्रदर्शन गरे। सो अवसरमा उनले भूकम्पपछि पटक पटक लाङटाङ जाँदाको रोचक र मार्मिक अनुभव पनि सुनाए।

‘घर फर्किरहेका मान्छे’ शीर्षकको पहिलो वृत्तचित्रमा सिलवालले उनीसँगै लाङटाङ फर्किंदै गरेका स्थानीयको कथालाई समेटेका छन्। दोस्रो वृत्तचित्र ‘लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ्’ भूकम्पपछि लाङटाङ ट्रेक गर्दै गरेको पहिलो विदेशी पदयात्री समूहको सुसांकेतिक कथा हो। मृत्युबाट जीवनमा फर्केको लाङटाङको लयलाई कार्यक्रममार्फत देखाउने आफ्नो प्रयास भएको उनले बताए।

टुर- ट्रेकिङ गाइड एवम प्रशिक्षक समेत रहेका सिलवालले वृत्तचित्र, आलेख, अन्तर्वार्ता आदिको माध्यमबाट भूकम्पपछिको लाङटाङको वस्तुस्थितिलाई प्रकाशमा ल्याई पदयात्रा पर्यटनमा आधारित त्यहाँको हिमाली जीवनलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान पुर्याएका थिए।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad