१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

काँभ्रे – बीपी राजमार्ग अन्तर्गत मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण सडक अवरुद्ध भएको छ।

शुक्रबार बिहानैदेखि सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको काँभ्रे भञ्याङ् स्थित ट्राफिक चेक पोष्टका असई उमेश थपलियाले बताए। मङगलटार स्कुल नजिकै, कालढुंगा र चिउरिवासमा लेदो माटो,  माम्तीखोलामा बाढी, अन्य ठाउँमा खहरे खोला आएकाले सडक अवरुद्ध हुन पुगेको उनले बताए।

सडक अवरूद्ध हुँदा काठमाडौंबाट पूर्व जाने र पूर्वबाट काठमाडौं भित्रिने गाडीका यात्रुहरु सडकमै अलपत्र परेका छन् । यात्रुकाे सहजताका लागि एकतर्फि भएपनि सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ असार २०७५ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App