१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपा सात महिनासम्म संसदीय दलको नेताविहीन

काठमाडौ - प्रतिनिधिसभाको निर्वाचन भएको करिब सात महिना हुन लाग्दा पनि राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल संसदीय दलको नेताविहीन भएको छ। राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा दलको नेता चयन नभएको राजपाका नेताहरूले जनाएका छन्।

ठाकुर भारतमा उपचार गरी काठमाडौं फर्केको करिब डेढ महिना भइसकेको छ। काठमाडौंमा फर्के पछि पनि राजपाको संसदीय दलको बैठक एक पटक बस्न सकेको छैन। आगामी असार ४गते राजपाको राजनीतिक समितिको बैठक बस्ने भएको छ। राजनीतिक समितिको बैठक पछि मात्र संसदीय दलको नेता चयन हुने राजपका नेताहरूले जनाएका छन्। बैठकपछि दलका नेता चयन भएमा पनि दलका नेता चयन हुन अझै कम्तीमा एक साता लाग्छ।

‘विगतमा अध्यक्षमण्डलका संयोजक बिरामी भएको कारण दलको नेता चयन हुन ढिलो भएको हो। अब चाँडै दलको नेता चयन हुन्छ।’

स्रोतक अनुसार संसदीय दलको नेतामा संयोजक ठाकुर र अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो इच्छुक देखिएका छन् । ठाकुर निकट स्रोतका अनुसार उनी निर्विरोध नेता हुन चाहन्छन्। महतोले पनि यसमा इच्छा देखाएपछि दलको नेता चयन गर्ने प्रक्रिया ढिलो भएको स्रोतको भनाइ छ।

राजपाका अध्यक्षमण्डकाल सदस्य अनिल झाले भने केही दिनमै राजपामा संसदीय दलको नेता चयन हुने बताए। दलको नेता चयन नभएका कारण पार्टीको काममा कुनै बाधा अवरोध नआएको उनले बताए। उने भने, ‘विगतमा अध्यक्षमण्डलका संयोजक बिरामी भएको कारण दलको नेता चयन हुन ढिलो भएको हो। अब चाँडै दलको नेता चयन हुन्छ।’ केही दिनअघि बसेको राजपाको अध्यक्षमण्डलको बैठकले संसदीय दलको विधानको मस्यौदा तयार गरेको थियो। अब बस्ने राजपाको संसदीय दलको बैठकले सो मस्यौदालाई पास गर्ने झाले बताए। ठाकुर निकट नेताहरू अध्यक्षमण्डलको संयोजक नै दलका नेता चयन भएमा पार्टी सशक्त ढंगले अघि बढ्ने बताउछन भने महतो निकट नेताहरू ठाकुर अस्वस्थ्य भएकोले दलका नेतामा अरू कसैलाई दिनुपर्ने तर्क राख्दै आएका छन्। राजपाका सहमहामन्त्री डा.सुरेन्द्र झाले राजपाको संसदीय दलको नेता महन्थ ठाकुर नै हुनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘राजपालाई सशक्त ढंगले अघि बढाउन अध्यक्षमण्डलको संयोजक नै दलको नेता हुनुपर्छ।’

राजपका महासचिव केशव झा भने दलको नेता पार्टीलाई हाक्न सक्ने सक्षम नेता हुनुपर्ने बताउँछन्। उनी भन्छन, ‘संसदीय दलको नेता र अध्यक्षमण्डलको संयोजक एउटै हुनुपर्छ भन्ने छैन।’ प्रतिनिधिसभामा राजपाका १७ सांसद छन्। चुनाव गरेर दलको नेता चयन गर्ने कि, निर्विरोध चयन गर्ने भन्नेमा पार्टीभित्रै फरक–फरक धारणा आएको छ। अध्यक्षमण्डलका सदस्यहरू भने सहमतिबाट दलका नेता चयन हुने बताउँछन्। तर सहमतिबाट दलका नेता चयन हुन ठाकुर र महतोमध्ये एकले अर्कोलाई छाड्नुपर्छ। तर दुवैले इच्छा देखाएका कारण देता नेता चयन गर्न ढिलो भएको स्रोतको दाबी छ। यद्यपी ठाकुर र महतो दुवैले सार्वजनिकरूपमा संसदीय दलको नेता हुन चाहना प्रकट गरेका छैनन्।

आगामी ६ महिनाभित्र महाधिबेशन गर्नुपर्ने कानुनी बाध्यता राजपालाई छ। संसदीय दलको नेतामा चुनिने व्यक्ति नै राजपाको महाधिवेशन पछि पार्टी अध्यक्ष हुने बलियो सम्भावना भएकोले पनि ठाकुर र महतो दुवैले दलको नेतामा चाहना राखेको स्रोतको भनाइ छ।

प्रकाशित: १ असार २०७५ ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App