१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेशनल युथ आइकनको छनौट हुने

काठमाडौं– उच्च माध्यामिक तहका विद्यार्थीहरुको ब्यक्तित्व विकास एवं क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेशनल कलेज, धुम्बराही काठमाडौंको आयोजनामा पहिलो‘नेशनल युथ फेष्ट’ आयोजना हुँदैछ। 

कार्यक्रममा राजनीतिक, खेलकुद, युवा उद्यमी र जीवनका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका ब्यक्तित्वद्धारा आआफ्नो प्रस्तुति साथै अन्तरक्रिया कार्यक्रम रहेको छ। 

कार्यक्रमका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेकपाका नेता योगेश भट्टराई साथै विवेकशील साझाकी नेतृ रन्जु दर्शना, खेलकुद तर्फबाट तेकेन्दो खेलाडी दिपक विष्ट, राष्ट्रिय फुटबल खेलाडी बिक्रम लामा, पत्रकार सुवास घिमिरे, प्रकाश तिमिल्सेना, युवा उद्यमी निरज खनाल, निरज काफ्ले (अफरिङ्ग ह्प्याप्पीनेश), सुदिप आचार्य (डिस होम), आशिष ठाकुर (गोकर खबर) साथै मिस नेपाल अर्थ प्रिया सिग्देल लागायतका बक्ताहरुले युवाहरुको लागि उत्प्रेरणात्मक प्रस्तुती दिनेछन्।  

आयोजक संस्थाका समुन्द्र तिमल्सीनाका अनुसार कार्यक्रमका २०७ जना अवेदकमध्ये एक सय जना उत्कृष्ट युवा छनौट गरी विभिन्न रचनात्मक क्रियाकलापहरु ३ दिनसम्म सञ्चालन गरिनेछ। सहभागी युवाहरु मध्येबाट उत्कृष्ट युवालाई ‘नेशनल युथ आइकन’को उपाधिले विभूषित गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७५ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App