१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रूस र साउदी अरेबियाको उद्घाटन खेल सुरू

काठमाडौं – २१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको छ। राजधानी मस्कोको लुज्निकी रंगशालामा एक भब्य समारोहका बीच सुरु भएको खेलमा आयोजक राष्ट्र रूस र एसियाली मुलुक साउदी अरबबीचको खेल सुरु भएको हो। 

एसियाली फुटबलमा साउदी अरेबीया एक सफल देशमा गनिएपनि आशातित प्रदर्शन भने गर्न सकेको छैन्। ४ पटक विश्वकप खेलिसकेको साउदी १२ वर्षपछि पुनः विश्वकप फर्किएको हो। रूस आयोजक भएको कारणले विश्वकपमा सोझै छनोट भएको हो। घरेलु भूमिमा जित हात पार्नु रूसलाई अवसर र चुनैति रहेको छ।

समूह एमा रहेको साउदीले विश्वकपको उद्घाटन खेलमा नै घरेलु टिम रसियासँग खेलेको हो। फिफाको वरीयताक्रममा ६७ औँ स्थानमा रहेको साउदी अरेबिया र ७० औँ स्थानमा रहेको रुसबीचको खेल विश्वकपको उद्घाटन खेलको इतिहासमा तल्लो वरीयतामा रहेका देशहरुको खेल भएको छ। 

 

प्रकाशित: ३१ जेष्ठ २०७५ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App