१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेवि संघद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

अछामको साफेबगरमा नेविसंघ अछामले गरेको जुलुस र पुत्ला दहन।

अछाम – नेपाल विद्यार्थी संघ अछामले पेट्रोलियम पदार्थ र खाद्यवस्तुको मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी ओलीकोे पुत्ला दहन गरेको छ। 

नेपाल विद्यार्थी संघ अछामले बिहीबार मूल्य वृद्धि विरुद्ध अछामको साफेबगरमा राके जुलुस प्रदर्शन सहित नारा जुलस गर्र्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। 

नेविसंघ अछामका सभापति नृप साउदले भने ‘वर्तमान सरकारले अहिले सम्म ५ पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामानमा चर्को वृद्धि गर्नुले जनजिविकाको सवालमा सरकार जिम्मेबार नएको पुष्टि भएको छ।’ सरकार नागरिकका आवाजहरू दबाएर अधिनायकवादतर्फ उन्मूख भइरहेको उनले बताए। यस्ता विभिन्न कारणले नेपाल विद्यार्थी संघ देश ब्यापी रुपमा मुल्य वृद्धि विरुद्ध आन्दोलित भइ विभिन्न संघर्षका कार्यक्रमहरू घोषणा गरेको उनको भनाई छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेवि संघले देश भर आन्दोलन गरिरहेको छ। नेपाल विद्यार्थी संघ अछामले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यलय अछामलाई ज्ञापन पनि बुझाएको थियो।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धी तत्काल फिर्ता नलिए संघले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। मूल्य वृद्धिको जनस्तरबाट विरोध हुँदै आएको भन्दै नेविसंघले मूल्य वृद्धिको चर्को विरोध गर्दै आएको छ। नेपाली कांग्रेसले पनि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई चेतावनी दिइसकेको छ। 

पञ्चदेवल बजारबाट शुरु भएको विरोध र्याली बजार परिक्रम गरि कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर, उखान टुक्का बन्द गर, लम्पसारवाद मुर्दावादलगायतका नारा लगाएका थिए। र्यालीमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता लगायत नेपालीकांग्रेसका नेता कार्यकर्ता समेत सहभागिता रहेको थियो। 

प्रकाशित: ३१ जेष्ठ २०७५ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App